मन्त्रालय कुर्दाकुर्दै मदुकुमार….



नारायण गाउँले ।
यो भ्रष्टाचार र लूट हो कि होइन महोदय ? बागमती भन्ने प्रदेशका यी माननीय मनुष्य दुई महिनादेखि मन्त्री छन् । तर यिनीसँग कुनै मन्त्रालय या काम भने रहेनछ । यसो मुख्यमन्त्रीको वरपर डुल्छन् र घर फर्किन्छन् । मन्त्रालयभन्दा मन्त्री धेरै बनाइएकाले मदुकुमार श्रेष्ठ नामका यिनलाई दिनका लागि मन्त्रालय नै छैन । यिनका लागि कुन चाहिं मन्त्रालय फुटाउने भन्नेमा विचारविमर्श भइरहेको मुख्यमन्त्री बहादुरसिंह लामाको जवाफ रहेछ ।

रमाइलो त के भने कांग्रेस र एमालेले ७–६ को दरले मन्त्रालय बाँडेछन् । तर कांग्रेसी मुख्यमन्त्रीले आफूलाई गन्न बिर्सेर सात जना अर्कै मान्छे मन्त्री बनाएछन् । मन्त्रालय र काम नै नभए पनि आफ्नो मान्छे, तलब र सुविधा दिए भयो । काम त प्रदेशमा के नै पो छ र ! सङ्घले कानुन बनाएकै छैन । एउटा ड्राइभिङ लाइसेन्स पनि प्रदेशले बाँड्न सक्ने अवस्था छैन । तर अब समाचार नै आउन थालेपछि अलिकति असहज भयो ।

मन्त्रालय फुटेसँगै प्रदेशभर कार्यालय, गाडी, कर्मचारी, साइनबोर्ड र विधिविधान बनाउनुपर्दा करोडौं रुपियाँ फिजूलमा खर्च हुने भएपनि यस्तो कार्यले लोकतन्त्र र समृद्धिमा ठूलो टेवा पुग्ने दाबी उहाँहरूको छ । जनतालाई गुन लगाउनु उहाँहरूको उद्देश्य हो रे ! अझ उनी त सिनेकर्मी पनि रहेछन् । मधेसदेखि हिमालसम्म यस्ता गुन कति छन् कति । हामी गुनैगुनले थिचिएका छौं । गुनैगुन ! हामीले कहिले र कसरी तिर्ने होला । विदेशीसँग चर्को ब्याजमा ऋण काढेर तलबभत्ता दिँदैमा त यो गुन पक्कै तिरिन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को