मेटमणिप्रति झलनाथको आक्रोशः यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउनुपर्छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी उपमहासचिव मेटमणि चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।

सोमबार राति विज्ञप्ति जारी गरी चौधरीले गलत अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गरेका हुन् । उनले उपमहासचिव चौधरीको अभिव्यक्तिले पार्टी पंक्ति र आमनेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको उल्लेख गरेका छन् ।

उनले भनेका छन् , ‘उपमहासचिव’ को उपरोक्त अभिव्यक्तिबाट हाम्रो गौरवमय पार्टी पंक्ति र आम देशभक्त नेपाली जनतामा हाम्रो पार्टीको गरिमाप्रति गम्भीर प्रश्न उठेको छ । आम कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा समेत तिखो आक्रोश र विरोधको भावना उत्पन्न भएको छ । यस्तो अवस्थामा अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु ।’

चौधरीले एक टेलिभिजनलाई कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतकै भएको बताएका थिए । त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ दिँदै चौधरीले आफूले त्यस्तो नियतले अभिव्यक्ति नदिएको र जिब्रो चिप्लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको

सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई हस्तान्तरण

काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली

रास्वपाद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव, महाधिवेशन वैशाखमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन आगामी वैशाख अन्तिम साता गर्ने भएको

रवि लामिछानेले मैले चेकमात्र काटेको हुँ, पैसा कहाँबाट आएको हो थाहा छैन भन्न मिल्दैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि