कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन



काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल गठन गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको हो ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

त्यस्तै बैठकमा सरकारका कामकारबाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री ओली र देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायत नेताहरू सहभागी थिए ।

सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच गत असार १७ गते भएको सहमतिबमोजिम एमालेका अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

प्रगति ढकाल, काठमाडौं । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै

एमालेका अर्का नेतामाथि पनि कारबाही, नेतृत्वविरुद्ध आलोचना गरेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी पूर्वसांसद विमल कार्कीलाई कारबाही गरेको छ । नेतृत्व

रहरले नभई आवश्यकताले अध्यादेश ल्याइएको मन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश