नेपाली राजनीतिमा ‘अन्धभक्त’को पुजामा मौलाएको ‘हिरोवाद’



-डा. युवराज संग्रौला 
नेपाली राजनीतिमा दुईवटा विकृतिले, जरा गाडेका छन् ।

१. जो पार्टीको नेता छ उहीँ सरकारमा जाने पितृवाद एउटा प्रवृत्ति हो, जो घनघोर मौलाएको छ। यस कथित लोकतन्त्रमा नेता प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा गर्छ जुन समृद्धिका उपाय रच्न होइन । कांग्रेस र कम्युनिष्टहरुमा जो पार्टीको अध्यक्ष छ उही संसदीय दलको अध्यक्ष हुन्छ र बहुमत पाए उही प्रधानमन्त्री हुन्छ । सबै पद एउटैमा हुन्छ र ऊ अपराजित हुन्छ । यो लोकतन्त्रको नामको ‘अधिनायकवाद’ हो र यस्तो राजनीतिक चलन नै ‘फ्लड वा कुरुप लोकतन्त्र हो।’ यस कुरुप विशेषताकै कारण पार्टीमा नियन्त्रण गर्न गुटबन्दी, गुटबन्दी कायम राख्न सत्ताको पद (कमिसन र भ्रस्टाचारबाट धन कमाउन) र सत्ताको पद कायम राख्न बिदेशीको अनुग्रह नेपाली राजनीतिको चरीत्र बन्दै आएको छ। नेपाली राजनीतिमा आज यही कारणले ३०/३५ बर्ष देखि एकै व्यक्ति राजनीतिक सत्तामा छन् । यो केन्द्रीय चरित्र माथिदेखि गाउँसम्म छ । मानिस निरास छन् र विकास जिरो छ । यही कुरुपताले राजनीतिमा अन्धभक्त पोषित ‘अफवाहवाद’ जन्मिएको छ ।

२. दोस्रो चरित्र ‘अन्धभक्ति भक्तवाद, र चेतनाहीनता’ हो जसलाई अफवाहवाद भनिन्छ। यसले व्यक्तिलाई ‘हिरो, देवता वा महानायक बनाउँछ।’ अझ अहिले त तीजको गीत नै ‘ ….. सङ्ग पोइल जान्थें’ भन्ने भएछ । यो यति विशाक्त हुन्छ जसले राजनीतिमा चेतनाहीन जत्थालाइ निर्णायक बनाइदिन्छ । यस्तो ‘हुलवादी’ अन्धभक्ति अन्तत बिसर्जननै हुन्छ, तर त्यो बिसर्जनले पनि राष्ट्रलाई ठूलो धोका दिन्छ। यसको प्रमाण फ्रेन्च रिभोलुसनमा ‘रोवेस्पियर’ र ‘मारा’ प्रतिको अन्धभक्ति हो जसले फ्रेन्च क्रान्तिलाई रक्तपातमा बदल्यो र ‘मानिसको शिरक्षेदन गर्न मेसिन बनाउने आदेश दिने रोबेस्पियर आफैं त्यही मेसिनबाट शिर छेदनका पात्र बन्यो।’ रोवेस्पियरको अत्याचारको श्रोत अल्पबुद्धि हुलवादीको अन्धभक्ति थियो। यस्तो अन्धभक्तिले इन्दिरा गान्धीको संकटकाल, पोलपोटको नरसंहार र हिटलरको नाजीवाद जन्मायो। नेपालमा नेताको देवत्वकरणले लोकतान्त्रिक पार्टीकोको मान सम्मान स्खलन र लोकतन्त्र लाई ‘कुरुपतन्त्र’मा रुपान्तरण गर्यो ।

३. नागरिकतन्त्रको रुपमा लोकतान्त्रको विकासको सबैभन्दा ठूलो अबरोध ‘सदा सत्तासिन भोक’ र अन्धभक्ति’ हो, जसले एकातिर ‘देशको बौद्धिकता समाप्त पार्दछ, अर्कातिर राजनीति प्रतिनिधि वा नेतालाइ निरंकुस/अधिनायक बनाउँछ।’ अन्धभक्त विकाउ हुन्छ, फोहोरी हुन्छ र हिंश्रक हुन्छ । त्यो झुठो प्रचारको खेतीमा बाँचेको हुन्छ। फ्रेन्च क्रान्तिमा मारा हरेक मिनेट एउटा नयाँ अफवाह निर्माण गर्थ्यो र अन्धभक्तको दिमागलाइ उत्तेजित बनाइ हिंसाप्रति प्रेरित गर्थ्यो । गोएबल्स हरेक मिनेट हिटलरलाई अलौकिक शक्तिका रुपमा प्रयोग गर्थ्यो। दादा इदिअमिनका अन्धभक्त पनि यस्तै अपराधी थिए । उनीहरु सबै समाचार सिर्जना गर्थे । आज त झन सजिलो छ। एक दर्जन युटुवर राखेपुग्छ । २०१९ को निर्वाचनमा मोदीले यसै गरे। अन्धभक्तहरुले यति सम्म गरे कि ‘उनी आफूलाई’ अजैविक भन्न थाले।

नेपाली राजनीतिमा एकातिर ‘लोकतन्त्र नवसामन्तवाद वा पितृवादमा परिणत भएको छ अर्कोतिर अन्धभक्तको पुजामा मौलाएको ‘हिरोवाद ।’ अघिल्लो ‘जीवनभर सत्तासिन हुनचाहन्छ र दोस्रो एकाएक उदय र प्रलयको सपनामा बितन्डाबा प्रचारमा बाँच्दछ।’ यी दुवै लोकतन्त्रलाई नागरिकीकरण र सामाजिकीकरण गर्न नदिने अबरोध हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो