ओली, देउवा र प्रचण्डजीहरूसमक्ष केही जिज्ञासा



केशवप्रसाद भट्टराई ।
(हिन्दूहरूलाई नेपालमा बाँच्न राज्यको आड चहिएर र शाह बंशको यो वा त्यो व्यक्तिको मायाले नेपाललाई हिन्दू अधिराज्य बनाउनुपर्छ भनेका पक्कै होइनन् )

१. नेपाल हिन्दू अधिराज्य हुनुपर्छ भन्ने मान्यता राख्ने म जस्ता हजारौँ हिन्दूहरूलाई राज्यको आड चाहिएको होइन न राजाको मायाले पूर्व र वर्तमान राष्ट्रपतिहरूको रिसले नै त्यो मान्यता बोकेका हुन् । विधर्मी राज्य र दलहरूको दया र माया पनि हिन्दुहरूलाई चाहिएको होइन । मुलुक धर्म निरपेक्ष भएपछि सनातनी हिन्दूहरू बढी प्रखर, प्रतिवद्ध र सशक्त भएका छन् । आफ्नो धर्म र संस्कृति माथिको उनीहरूको आस्था र विश्वास बढी सुदृढ भएको छ । र हिन्दू अधिराज्यको मान्यता कुनै सैद्धान्तिक र वैचारिक विषय पनि होइन । नेपालको अति संवेदनशील भूराजनीतिक चुनौतीलाई सामना गर्न र मुलुकको स्वतन्त्रता र प्रभुसत्तालाई सुरक्षित राखिरहन त्यसले सघाऊ पुर्याउने अपेक्षा र विश्वास मात्र हो त्यो । राज्यको प्रतिरक्षा रणनीति मात्रै हो त्यो । राजनीतिक दल र तिनका नेताहरूको सुरक्षा कवच निर्माण हुने भएर हो ।
देशमा राजसँस्था हुँदा ओली, देउवा, प्रचण्ड,नेपाल,वा अन्य कोही आजका मितिमा जत्तिकै निरीह थिए ? अलोकप्रिय थिए ? दलहरू र तिनका थुम थुमका नेता कार्यकर्ताहरू प्रति आम जनताको दृष्टिकोण यस्तै हुन्थ्यो ?

. राजाको अधिनायकवादी र क्रुर भन्ने गरिएको शासनविरुद्ध भएका आन्दोलनमा हत्या भएका व्यक्ति १९ जना । पंचायत व्यवस्थाविरूद्ध , राज्य संचालनमा राजाका आफ्ना सम्पूर्ण अधिकार खोसेर त्यसलाई प्रधानमन्त्रीमा हस्तान्तरण गर्ने आन्दोलनमा निधन भएका व्यक्तिहरुको संख्या ७० । प्रजातान्त्रिक व्यवस्था र संविधान विरूद्ध माओवादीहरूले पहिला र शान्ति प्रक्रियामा आइसकेपछि अर्काथरी माओवादी र र मधेसवादी र थारू आन्दोलनमा भएका हत्याको गणना यस्तो दुई अंकमा सीमित छ ?

३. नेपालको परराष्ट्रमन्त्रीको भारत भ्रमणले मात्रै पनि सरकारको स्थिरतामा प्रश्न उठ्ने र उठाउने आधार नेपाल हिन्दू अधिराज्य हुनुपर्छ भन्ने मान्यता राख्नेले दिएका होइनन् नि, कि हो ? हरेक सरकार गठन भएको भोलिपल्ट देखि सरकारको आयु महिना र दिनमा गन्ती गर्ने गराउनेहरू पनि यो मान्यता बोक्ने व्यक्तिहरू होइनन्–बिहान उठेदेखि राति नसुतुन्जेलसम्म हरहालतमा नेपाल सङ्घीय, धर्म निरपेक्ष गणतन्त्रबाट दायाँ बायाँ हुनुहुन्न भनेर एकोहोरो फलाकिरहने नै हुन् नि ।

४. देशलाई तपाइँहरूले दिनुभएको पहिचान र तपाइँहरूले निर्माण गर्नुभएको संविधान र राज्य व्यवस्था अन्तर्गत भोलि बिहान उठ्दा कुनै मन्त्री, प्रधानमन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखहरू यहाँसम्मकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश र संवैधानिक अङ्गका प्रमुखहरूको पद रहिरहन्छ वा रहिरहन्न भन्ने प्रश्न नउठ्ने स्थिति छ त ? इतिहासमा राजाले ठूला गल्तीहरू गरेका छन् तर के ती गल्ती हामीले गरेका गल्ती भन्दा ठूला थिए र छन् ? त्यो स्थिति निर्माण गर्ने तपाईंहरु नै होइन ? त्यसैले तपाईंहरूलाई एउटा मियो चाहिएको छ, आड लाग्ने सँस्था चाहिएको छ , सुरक्षा कवच चाहिएको छ ।

५. तर मलाई के पनि थाहा छ भने नेपाललाई हिन्दू अधिराज्य बनाउन तपाईंहरूको ठूलो सामूहिक प्रयत्न र प्रतिवद्धताले नपुग्ला , त्यो राजनीतिक साहश र इच्छाशक्ति तपाईंहरूमा नहोला, तपाईंहरुनै असुरक्षित पनि हुनुहोला तर केपी ओलीको दृढता, देउवाको आत्मविश्वास र प्रचण्डको गतिशीलतामा काङ्ग्रेस, एमाले र माओवादीका मुलुकमा आफ्नो भविष्य देख्ने र खोज्ने युवाहरूको विश्वास र शक्तिलाई जोडेर त्यसमा डा. आरजु राणा देउवा जस्ताहरूको गहन कूटनीतिक र राजनीतिक ज्ञान, अनुभव र सुझबुझलाई एक ठाउँमा गर्न सकिए त्यो सम्भव लाग्छ मलाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा