उपचुनावमा हाम्रो परीक्षा हुनेछ, त्यो परीक्षाका आधारमा पार्टी नेतृत्वको मूल्यांकन हुन्छः अध्यक्ष नेपाल


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष नेपालले उपनिर्वाचन आफ्नो पार्टीको परीक्षण हुने भएकाले त्यसमा ध्यानकेन्द्रित गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्यांकन हुनेछ ।’

उनले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए ।