दशकौंदेखि आफैं विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अनि जनता गुहार्ने ?



सुमना श्रेष्ठ ।
त्रिविमा पनि दुई तिहाई सरकार छ– एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ । अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाईको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद । त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो–सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन !

दुई तिहाईको सरकारले के दियो ? स्थायित्व कता गयो ? गुण्डाहरुको मनोबल किन बढेको ? विधिको शासन कता गयो ? कसको आडमा ? कसको प्रश्रयमा ? अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग – बहस चलोस् भनेर रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्थासहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ? दशकौंदेखि आफैं विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनैतिक प्रश्रय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो ?

वास्तवमा, काम गर्यो भने सकिन्छ । उदाहरण थुप्रै छन् । अहिलेको दुई तिहाईको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी ? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो ? यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु । दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र बनाउनुहोस् । देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो ?
No ‘if’ no ‘but’
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो