सही र नक्कली !



डा. गोविन्दशरण उपाध्याय
वैदिक श्रोत नभएको कुनै पनि साधनाबाट साधकले मोक्ष प्राप्त गर्न सक्दैन । आजभोलि बजारमा पचासथरिका गुरूहरू छन् । यी मध्ये को असली हो हो को नक्कली हो भनेर छुट्याउन निकै समस्या छ । जसले ‘आधिकारिक हुँ’ भन्दै आफ्नो आधिकारिताको प्रमाणपत्र देखाउँछ, शंका त्यतैतिर फर्किन्छ । वैदिक धर्मका विनम्र अनुयायी गुरूमा यतिधेरै त्याग र विनम्रता हुन्छ कि उसले ईश्वरका सम्मुख भएक बखान खोज्नु पर्दैन । सक्कली गुरूले आफ्नो विज्ञापन गर्दैन न त उहाँलाई केही आवश्यकता नै हुन्छ । यस्तो लेखेको देखेर÷पढेर गुरूहरूको गुरुतामा कुनै असर पर्दैन तर नक्कलीहरूको नक्कल सङ्कटमा पर्ने देखेर कुर्लिन सक्छन् ।

हिन्दूहरूका लागि वेदभन्दा ठूलो अरू कुनै धर्मशास्त्र वा गुरुको बाणी हुनै सक्दैन । वेदको प्रमाणिकता भन्दा आफु र आफ्नो कुरा श्रेष्ठ बताउनेहरू धूर्त हुन् । यस्ता धूर्तसँग जोगिनुपर्छ । वेद भन्दा आफुलाई श्रेष्ठ बताउनेहरू गुरू होइनन् नर्कका द्वार हुन् ।
जसमा केवल नाम, चेलाचेलीको लोभ छ तिनले अनेकौं साधनाहरू सिकाउँछन् । यस्ता साधनाहरूले मानसिक र शारीरिक आराम वा रमाइलोपन प्राप्त हुन सक्छ तर आध्यात्मिक उन्नतिमा यिनको दुई पैसाको महत्व हुँदैन । कुनै पनि आध्यात्मिक भनिएको साधनामा प्रवेश गर्नुभन्दा पहिला निम्न कुराहरू साधना गर्न इच्छुक साधकले सम्बन्धित गुरूलाई सोध्दा वेस हुन्छः

(१) तपाईंले सिकाउने साधना वैदिक शास्त्रहरूमा कहाँ उल्लेख गरिएको छ ? (गुरूले मन्त्र, श्लोक, ऋचा देखाउनु पर्छ)

(२) तपाईंले यो साधना कोबाट कसरी सिक्नु भएको हो ? (सम्बन्धित गुरूले वैदिक गुरुशिष्य परम्पराबाट दीक्षा प्राप्त गरेको श्रोत बताउन सक्नुपर्छ)

(३) साधनापछि मैले के–कस्ता नियमहरू पालना गर्नु पर्ने हुन्छ (वैदिक परम्परामा साधकले गुरू दीक्षा प्राप्त गरेपछि अनिवार्य रूपमा आफ्ना इष्टदेव र गुरूप्रति अखण्ड श्रद्धा हुनुपर्छ)

आजभोली बजारमा धेरै गुरूहरू छन् । सबैले आ–आफ्नो पसल खोलेका छन् । सबैले वैदिक, सनातन, हिन्दू आदि शब्दको उपयोग गरेका छन् । एउटा कुरा जोसुकैले जान्नुपर्छः यदि कुनै गुरूले मैले दिने ज्ञान र साधना “वेद“ भन्दा पनि महान् छन्, वेदहरूले पनि मैले सिकाउने साधना कै वकालत गर्छ । यो वेद भन्दा ठूलो ज्ञान हो“ भन्छ, भने त्यस्तो बोगस गुरूलाई “आचि“झैं विर्सिए हुन्छ । उसले सिकाउने साधना बोगस हो र संसारको रमाइलोका लागि मात्र हो । वैदिकहरूका लागि वेद भन्दा श्रेष्ठ अन्य केही हुनै सक्दैन । वेदको उल्लंघन गर्ने अधिकार स्वयं भगवानलाई पनि छैन । अवैदिकहरूले आ–आफ्नो प्रणाली अनुसार गरून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको