आजका दलहरू किन विचारहीन जत्थामा परिणत भए ?



डा. युवराज संग्रौला ।
दृश्य भ्रम (सोच भ्रम पनि हुन्छ) एउटा गम्भीर भुलको श्रोत हुने गर्छ, हरेक मानिसमा । झुठो ज्ञानको श्रोत पनि हो भ्रम भ्रम निर्माण पनि गरिन्छ र भ्रम स्वयं पनि हुन्छ। पुँजीवादी देशका संचारमाध्यमको त उद्देश्य नै भ्रम सिर्जना गर्नु हो । पटक पटक झुठो समाचार संप्रेषण गरेर झुठोलाई साँचो बनाउने कलाका पारखी गोयबल्सलाई त सबैले जानेकै हो । वाट्सअप युनिभर्सिटी वर्तमान गोयबल्स यन्त्र हो ।

१. चेतना र जागृतिद्वारा समाजलाई परिवर्तन गर्न सकिएन भने, गोयबल्स झुठ र वाट्सप युनिभर्सिटीका तुजुकमा आएको परीवर्तनले त ‘रविन्द्रनाथ टेगोर र मुजीबरको शिरमा पिसाब फेर्ने’ जस्ताकै नेतृत्व समाजमा स्थापित गर्ने हो ।

२. नेपाली सामाजको वर्तमान यथार्थता पृथक छैन । हिजो राजनीतिक दलमा ‘यस्तै भ्रमित र मुस्तन्ड’ को नेतृत्व कायम भयो । तिनको दिनचर्या बियर सेकुवा, जग्गा व्यापार, कमिसन संकलन, नेताको देवत्वकरण र निर्वाचनमा गुण्डागर्दी थियो, जसले राजनीति दलहरूको मुण्डी काटियो र जिउमात्र रह्यो, परिणाम आजका दलहरू विचारहीन जत्थामा परिणत भए । उनीहरुका प्रेरणाले मुर्कुटा जन्मिए ।

३. नेपालमा भिडवादी राजनीतिनै आज देश सर्वनास पार्ने कारण हो, तर भ्रमितहरु यसरी सल्बलाएका छन्, सत्यनै ओझेलमा पर्ने हो कि भन्ने त्रास छ । सडकमा यस्ता रबिनहुड निस्कन्छन्, जसका सबै मानवीय अङ्ग छन्, दिमाग बाहेक । यिनलाई राजनीति पनि जंकफुड हो भन्ने लाग्छ । जंकफुडको गफमै कतिले त निर्वाचन पनि जिते । भ्रमको यो रोगले अनेकौंलाई झुठको दास बनाएको छ । तर ती आजपनि बाँदरले मरेको नानी झुड्याएर हिंडेझै आफ्नो दिमाग झुन्ड्याएर हिंडेकै छन् । र, यिनको मरेको दिमागले देशलाई बांङ्लादेश बनाउने हो कि भन्ने चिन्ता हुनु स्वाभाविक हो ।

४. एक पटक गार्गीले ऋृषि यज्ञवलक्यलाई सोधिन्, यो जगत के बाट बनेको छ ? उनले जवाफ फर्काए, पानीबाट । उनले सोधिन्, अनि पानी ? वायुबाट । अनि वायु ? अन्तरिक्षबाट । अनि अन्तरिक्ष ? अक्षर (सोच वा विचार) बाट । अर्थात्, विचारले मात्र लक्ष र रणनीति निर्माण गर्छ, वा हरेक चिजको निर्माण गर्छ । सडकका भ्रमितहरुलाई लाग्छ, हवाईजहाज पेचकसले बनाएको हो । उनलाई लाग्दैन हवाईजहाज पनि सिद्धान्तले बनाएको हो । अनि कल्पना गरौं त यिनले चलाउने सत्ताले हिजोका भ्रमितको विकल्प कसरी दिन्छ ? इन्द्रेणी नामको सुन्दर फल जंगलमा लटरम्मै फलेको हुन्छ, तर खायो भने मरिन्छ ।

५. नेपालको समस्या राजनीतिमा लागेका वाम र लोकतान्त्रिक भन्नेहरुले निर्माण गरेको ‘राजा मिदासको’ शासन हो जो ड्ङ्डङी गन्हाएको छ। तर त्यसको दबाई ‘अर्को खालको गन्धगी होइन।’ तसर्थ ‘केही जोकरहरुलाई’ देवता बनाउने वाट्सप युनिभर्सिटीका हरकतलाई सामान्य मान्न सचेत मानिसले छोड्नु आवश्यक छ र कुरुप आकृतिको पुजा गर्न पनि बन्द गर्नु आवश्यक छ। केवल नयाँ बिचारले नै दुनियाँ बदलिन्छ ।
अब नव मन्डलेले गर्ने गालीको बाढी आउनेछ तल । अहिलेको ससांर यिनका मोबाइलमा छ भन्ने पनि अर्को भ्रम छ । मोदीको यो संसार त भत्कियो ! केवल सत्य मात्रै सत्य हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको