प्रचण्डलाई जनार्दनको प्रश्नः युद्धकालीन कमाण्ड प्रणालीलाई किन रुपान्तरण गरिएन ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

पार्टीको जारी स्थायी कमिटीको बैठकमा आइतबार लिखित प्रस्ताव पेस गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका हुन् । उनले पार्टी सञ्चालनको मूल्यमान्यता, विधान र पद्धतिको धज्जी उडाइएको आरोपसमेत लगाएका छन् । उनले २०६४ देखि अहिलेसम्म आउँदा पार्टी किन खुम्चिदै गएको भन्दै प्रश्नसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘२०६४ सालको चुनावका बेला १२० सिटमा हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्रायः सबै हामीबाट खोसिएका छन् । हामी शून्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ । र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । आज पार्टीमा जो जति छन् ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?’

उनले नेतृत्वकै असक्षमताका कारण एकातिर प्रणाली स्थापित हुन नसकेको र अर्काेतिर संगठन पनि बलियो हुन नसकेको आरोप प्रस्तावमा उल्लेख गरेका छन् । उनले माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि पनि युद्धकालीन सोचले काम गरेको आरोप पनि शर्माले लगाएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय सहमतिमा ओर्लिंदा त्यसमा सहभागी समूह र शक्तिलाई पार्टीमा कसरी संगठित र रुपान्तरित गर्ने भन्ने अहम् प्रश्न थियो । त्यसका लागि सोच, योजनालगायतका युद्धकालीन कमाण्ड प्रणालीलाई लोकतान्त्रिक संगठनात्मक प्रणालीमा रुपान्तरण आवश्यक थियो । तर, संगठनात्मक संरचना र नेतृत्व प्रणालीमा युद्धकालीन सोचकै निरन्तरता रह्यो ।’

यस्तो छ शर्माको लिखित प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो

सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको