कोटीहोमको कुरा



डा. गोविन्दशरण उपाध्याय ।
मैले नेपालमा यत्तिको चर्चा प्राप्त गरेको कुनै पनि सनातनी कार्यक्रम देखेको थिइन । यो मेरो कुरा हो । आयोजकको आँट, विश्वास र श्रद्धा यी सबैको यहाँ मिश्रण छ । यो आयोजनाले तथाकथित प्रगतिशीलहरू र घृणावादीहरूलाई राम्रो जवाफ दिएको छ । देश विदेशबाट महिला व्यास आएर प्रवचन गरेका छन् । आफ्नो सामर्थ्य देखाएका छन् । त्यसैगरी वैदिकहरूलाई छुवाछुतवादी भन्दै सधैं अब्राहमवादी गोडाको जल खानेहरूले पनि वाचक श्रीकृष्ण दमाईबाट राम्रो थप्पड खाएका छन् ।

आयोजनाले प्रष्ट सन्देश दिएको छ वैदिक सनातन धर्मसरह उदारता अन्य कुनै धार्मिक समुदायमा छैन । इसाईहरूले महिलालाई पास्टर बनाउँदैनन्, मुस्लिम महिलाहरूलाई त झन् मस्जिदमा प्रवेश समेत निषेध गरिएको हुन्छ । सनातन धर्मले भन्न यदि कसैमा योग्यता छ भने उसले मान प्राप्त गर्छ । भागवतका प्रवक्ता मध्ये श्रीसूतजी पनि ब्राहमण, क्षत्री वा वैश्य थिएनन् । आफ्नो योग्यताकारण व्यासपद प्राप्त गरेका थिए । अव घृणावादीहरूले के गर्लान् ?

अचम्मको कुरा त के भने मूलाधारका मिडियाहरूले यस्तो भाव्यकार्यक्रमको समाचार पनि प्रसारण गरेका छैनन् । यसले सिद्ध गर्छ कि यी प्रमुख मानिएका मिडियाहरूले पैसोका लागि मात्र समाचार बोल्छन् । सायद, आयोजकले पैसा अफर गरेनन् होला । मैले नदेखेको पनि हुन सक्छ केही टेलिभिजनहरूले बाहेक यसको समाचार दिएका छैनन् ।

सत्य हो कि कोटीहोम भनिए पनि यो कार्यक्रम सनातनीहरूको ‘सम्मेलन’ बढी हो । धेरै साधुसन्तहरूले त्यहाँ जान आफूलाई “शास्त्रीय“ रूपमा रोके होलान् र कार्यक्रमप्रति शुभकामना दिनुनै भएको होला जस्तो लाग्छ । कार्यक्रमको स्वरूप हेर्दा शास्त्रीय नियमहरूको समग्र अनुपालन सम्भव देखिन्न । काम गर्नेले गल्ती गर्छन् । गल्ती देखिएपछि आलोचना हुन्छन् । काम नै नगर्नेको गल्ती पनि हुँदैन र आलोचना पनि हुँदैन । गाह्रो भए पनि आलोचनाहरूलाई स्वाभाविक लिनुपर्छ ।

कोटीहोमको प्रकृति र आयोजना हेर्दा आयोजकले निकै ठूलो ‘रिस्क’ लिएका हुन् । यतिठूलो आयोजनाका लागि निकै ठूलो आर्थिक स्रोत चाहिन्छ । चन्दाको भरमा यस्ता आयोजना हुनैसक्दैनन् । यदि आयोजकले आयोजनामा लागेको र लाग्ने खर्च दानदातव्यबाट प्राप्त गर्न सके राम्रै भयो नत्र खर्चको ठूलो अंश आफैं बोक्नु पर्ने हुन्छ । त्यसबखत ‘धेरै दान–दातव्य लिए’ भनेर आलोचना गर्नेहरूले आयोजकहरूलाई आर्थिक भरपाई दिने छैनन् । सबैभन्दा बढी पीर छुवाछुतवादी पैगाम बोकेर डलर झार्ने बर्ग झस्किने छ भने भारतीय घृणावादी अम्बेडकरको फोटोको आडमा सनातनी बौद्ध र बुद्धको धरतीबाट नाम मेटाउन लागिपरेका अम्बेडकरवादीहरूलाई पर्ने छन् । कृष्ण दमाईका विरुद्ध यिनको रोदन आरम्भ भएको छ ।

प्रशंसा गर्दागर्दै केही सुझाव पनि छन् । वैदिक सनातन धर्मको मर्यादाला उलंघन गर्ने छूट कसैलाई छैन । अरूले गल्ती गरे क्षमा हुन्छ तर धर्मउपदेशकले गल्ती गर्यो भने सम्पूर्ण समाजनै दिग्भ्रमित हुन्छ । त्यसैले धर्मउपदेशकहरूले सधैं धार्मिक मर्यादाको पालन गर्नुपर्छ र गराउने उपदेश प्रवाहित गर्नुपर्छ । धार्मिककृत्यहरूलाई रोमान्टिक बनाएर प्रस्तुत गर्ने चलन पढ्दो छ । रोमान्टिक धर्मले बिकृतिहरू बोक्छ । आयोजक र सहभागीहरूले विनम्रतापूर्वक आफुलाई धर्मका पक्षमा उभ्याउनु पर्छ । साथै, उपस्थित सबैलाई नेपाली मौलिकताप्रति गौरव गर्न गराउन आवाहन गर्नुपर्छ । साधुसाधु !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु

भारत । भारतको महाराष्ट्रमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार

सूर्यविनायक–धुलिखेल सडक तीव्रगतिमा निर्माणको माग

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा

प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी

सिबी अधिकारी, प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध