काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिश्री नेपाल आउन लागेका हुन् ।
दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विदेश सचिव मिश्री सोमबार स्वेश फर्कनेछन् ।

प्रतिक्रिया