‘रअ’ को पदाधिकारी आउँदा प्रधानमन्त्री हाजिर हुने हिनताबोध त्याग्नुपर्छ



डा. युवराज संग्रौला ।
हामी नेपालीहरुले अब केही प्रवृत्तिहरु बद्ल्नु पर्छ

१. हामीले आत्मसम्मान र भरोसाद्वारा आफूलाई ‘अरुले प्रयोग’ गर्ने मौका दिनुहुन्न । हाम्रो राष्ट्रियता हिनताबोधमा होइन, हाम्रो अस्तित्व, हाम्रो विविधता, हाम्रो भूगोल, हाम्रो इतिहास, हाम्रा सभ्यतामा खडा हुनुपर्छ ।

२. हामीले आफूलाई सानो, चेपिएको, केही नहुने, बस्न नसकिने र अरुले हेपेको राष्ट्र हो भन्ने संकथन बनाएका छौँ । कयौं कुरामा नेपाल भारत र चीन भन्दामाथि छ । हामीले चीनको संस्कृति निर्माणमा भुमिका खेल्ने बौद्ध दर्शन उसलाई दियौं । हामीसँग राष्ट्रको रुपमा भारत भन्दा लामो इतिहास छ ।

. नेपालमा कतिपय मानवीय बिकास सुचांक भारत भन्दा माथि छन् । हामी भारतलाई प्रतिवर्ष ५ खर्बको रेमिट्यान्स दिन्छौं । उसले हामीलाई केही दर्जन अर्ब सहयोग गर्छ । तर हामीले हाम्रो आत्मसम्मान गुमाएका छौँ । हामीले भारत र चीनलाई आफना स्वार्थका लागि प्रयोग गर्नुपर्छ ।

४. हिन्दी गुनगुनाउँदा ठुलो भइन्छ, भारतका साधु आउँदा बरदान पाइन्छ, काशी जाँदा स्वर्ग पुगिन्छ जस्ता दवित मानसिकता, ‘र’ को पदाधिकारी  आउँदा प्रधानमन्त्री हाजिर हुने हिनताबोध त्यागेर नेपाल मेरो स्वाधीन देश हो भन्ने गौरव हुनुपर्छ ।

५. आफ्नो आफ्नो ठाउँमा राम्रो बनौं यो भलिबल टिम जस्तै, अरुको सहयोग लिएर देश बनाउने ‘विदेशी सहयोगको दुर्व्यसनबाट’ मुक्त बनौं । आफ्नो पौरखले उत्पादन गर्न लागौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा