बहादुर सिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त


बागमती । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

लामाले मंगबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिएका छन् ।

१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री, अर्थसहित ७ र एमालेले भौतिकसहित ६ मन्त्रालय लिने सहमति भएको छ ।