उपसभामुखले दूतावासलाई लेखेको पत्रलाई नक्कली भुटानी शरणार्थी प्रकरणको रुपमा बुझ्नु भएन



सुमना श्रेष्ठ ।
इन्दिराजीलाई राजनीतिमा आउनु पर्छ भनेर भन्नेहरू मध्ये म पनि एक हुँ । उहाँलाई मिलाएर चिप्लो कुरा गर्न आउदैन, कसैले केही मागे नाइँ – हुदैन भन्न गाह्रो पर्छ । तर व्यक्तिगत फाइदाको लागि गैरसरकारी संस्था खोल्नेहरूको भीडमा उहाँ एक अपवाद हुनुहुन्छ । निस्वार्थ रुपमा आफ्नो जीवन र सम्पति समेत बच्चाहरूको हितका लागि दिएको आफ्नै आँखाले देखेकी छु, त्यस्तो मान्छे मानव तस्करी गर्ने दलाल होला भन्ने मलाई लाग्दैन ।

इन्दिराजीले दूतावासलाई चिठी लेख्नु भएको सत्य हो । चिठीमा यिनीहरूलाई भिसा देऊ भनिएको छैन। भिसा अन्तर्वार्ताको लागि मिति अगाडि सारिदिन अनुरोध मात्र गरिएको छ। कोभिडदेखि अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताको मिति पाउन कठिन छ, महिनौं पछिको मिति मात्र पाइन्छ।

यस्तो विषयमा उपसभामुखको लेटरप्याडमा चिठी लेख्नु हुन्थ्यो ? शायद हुदैन थियो । तर यो राजीनामा गरी हाल्न पर्ने, महाअभियोग लगाउन पर्ने खाले गल्ती हो ? तपाईँ विचार गर्नुस् । के यो मानव तस्करी हो–पक्कै होइन ।

यसको लागि पैसाको लेनदेन भयो भन्ने पनि कुरा आएको छ, तर कसले, कहिले, के प्रयोजनको लागि, कति पैसा दियो खुल्दैन । घुमाउरो तरिकाले पैसा फिर्ता भयो, च्याप्टर क्लोज भन्ने कुरा मात्र आउँछ । इन्दिराजीले पैसा लिएको छैन भन्नुहुन्छ । कसैले पैसा दिएको हो भनेर आरोप लगायो, दिनेले पो मैले यो खातामा हाले, फलानोलाई यसरी नगद दिए भनेर केही प्रमाण दिन सक्छ । तर लिनेले साँच्चै नलिएको भए, लिएको छैन भनेर के प्रमाण दिने ? यसरी बारम्बार बेनामी, बिना प्रमाण आरोप लागिराख्ने, हरेक चोटी आरोपितले हैन भनेर प्रमाण जुटाउन पर्ने, समय खर्च गर्नुपर्ने । जसरी जति स्पष्टिकरण दिए पनि मिडिया र सञ्जालले दोषी भनेर फैसला गर्दिहाल्छ र जिन्दगी भरलाई पुग्छ ।

भुटानी शरणार्थी काण्डको चर्चा चलिरहँदा कसैलाई यो पनि त्यस्तै हो भन्ने लागेको हुनसक्छ तर यो विषय त्यस्तो प्रकृतिको हैन । यिनीहरू पनि उस्तै रहेछन् भनेर धारणा बनाउन अघि आरोप के हो र प्रमाण के स्तरको छ बुझिदिन आग्रह गर्दछु। कहिलेको पत्रबारे कुन समयमा कस्तो राजनैतिक परिपेक्षमा चर्काचर्की हुँदैछ भन्ने बारे पनि सोचिदिन आग्रह गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको

क्रियाशील सदस्यताको महत्व बुझाउन लागौंः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको महत्व पार्टी सदस्यहरूलाई बुझाउनुपर्नेमा

रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीको अदालतमा बयान सुरु हुँदै

गण्डकी ।  सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित

एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को