विज्ञताको तराजु ?



डा. गोविन्दशरण उपाध्याय ।
मैले नेपालमा सबैभन्दा बढी बहस र आलोचना हुने विषयमा नेपाली विश्वविद्यालयका छात्रछात्राहरू सैद्धान्तिक बढी भए सीपवाला भएनन् भन्ने विषयमा भएको सुनेको छु । सीप हुनु राम्रो कुरा हो र सीपमा दक्षता हुनु अझै राम्रो कुरा हो । तर नेपाली विश्वविद्यालयहरूलाई सीप सिकाउने कारखाना हुनुपर्छ भन्ने चिन्तन र मांग आफैमा कति जायज छ ? पाठक र आलोचकहरूले बुझ्न जरूरी छ ।

विश्वमा नाम चलेका अक्सफोर्ड, हावर्ड,बेइजिंगजस्ता विश्वविद्यालयहरूले दक्षताको कुरामा बढी जोड अवश्य दिएका छन् तर सीप–सिकाएर दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने विषयमा उनीहरूको कुनै पनि धारणा वा योजना छैन । सीपमा दक्ष हुनु एउटा कुरा हो तर विश्वविद्यालयले सिकाउने कुराहरूमा सीपको मात्रा बढी र विषयगत दक्षताको विषय बढी हुन्छन् ।

सानो र थोरै समयमा सिकिने र तुरुत्न उपयोग गरेर आयआर्जन गण सकिने प्राविधिक शैक्षिक सिलेवसहरू सीप निर्माणका लागि उपयोग गरिन्छन् । नेपालमा सिटिभीइटी, उद्योगमन्त्रालयजस्ता केही संस्थाहरूले ३ महिने देखि ५ वर्ष अवधि भएका अनेकौं सीप मूलक तालिमहरू संचालन गरिरहेका छन् । विश्वभरी नै विश्वविद्यालयहरूले विशेषज्ञ उत्पादन गर्छन् र सीप मूलक तालिम लिएका जनशक्ति र दक्षता प्राप्त व्यक्तिले मिलेर काम गर्छन् । उदाहरणका लागि रेडियोलोजीमा सीप प्राप्त गरेकाहरूको प्राविधिक कामलाई रेडियोलोजीको विज्ञले परीक्षण गर्छन् ।

विश्वविद्यालयले उत्पादन गरेका विज्ञलाई कार्यक्षेत्र प्रसस्त गर्न र दक्ष जनशक्तिको अन्तर्गत सीपमूलक तालिम लिएका जनशक्ति उपलब्ध गराएर विकासको गतिविधि अगाडी बनाउने काम राज्यतन्त्रले गर्नुपर्छ । कामका सवालमा प्राविधिक सीप भएको व्यक्ति र त्यही प्रविधिमा विज्ञता भएको व्यक्तिमा केवल विज्ञ र प्राविधिकको फरक हुन्छ । कामका मामिलामा कुनै पनि विभेद हुनुहुँदैन ।

नेपालका विश्वविद्यालयहरूलाई ‘प्राविधिक सीप मूलक जनशक्ति निर्माण गरेनन्’ भन्दै सत्तोसराप गर्नेहरूले बुझ्न पर्छ कि नेपाली विश्वविद्यालयको भौतिक तथा आर्थिक संरचनाभित्र उत्पादन गरिएका/भएका जनशक्तिहरू निकै प्रभावकारी र दक्ष छन् । यो विज्ञ जनशक्तिले आफ्नो विज्ञता र दक्षता प्रयोग गर्ने बातावरण बनाउने काम राज्यको हो । यही जनशक्ति विदेशिंदा तेहा अब्बल सिद्ध भएको कुरा विर्सनु हुँदैन ।

विकशित देशहरूमा अल्पकालीन र मध्यमकालीन सीपहरू सिकाउने काममा विश्वविद्यालयको कम योगदान हुन्छ । +२ पछि विज्ञ बन्न चाहने र क्षमता भएकाहरू विश्वविद्यालयमा जान्छन् अन्य सबै प्राविधिक शिक्षा प्राप्त गर्छन् र लाइसेन्स लिएर काम गर्छन् । त्यसैले विश्वविद्यालयहरू विज्ञ शक्ति उत्पादन गर्ने थलो हुन्, सीपमूलकले (अल्पकालीन र मध्यम कालीन) सिकेर गैर–विज्ञ क्षेत्रमा काम गर्छन् ।

–विज्ञताको तराजुमा विश्वविद्यालयहरूले उत्पादन गर्ने पिएचडीआदि माथिल्लो ठहरिन्छन् भने सीपालु (सीप भएका)हरू व्याबहारिक जीवनका हरेक पक्षमा फैलिएर सेवा गर्छन् । कामका आधारमा सानोठूलो भन्नु अल्पग्यता हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा

आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका