तिउरी कि मेहन्दी !



डा. गोविन्दशरण उपाध्याय ।
नक्कल गर्ने बानी परेका मान्छेले नक्कल गर्न बाहेक कुनै राम्रो काम गर्न जान्दैन । साउन लागेपछि महिलाहरूमा ‘मेहन्दी’ लगाउने चलन चलेको छ । यो मेहन्दीको चलन भारतीय चलचित्रबाट नेपालमा फैलिएको हो । मलाई थाहा छैन, नेपालमा मेहन्दीको उत्पादन हुन्छ कि हुँदैन तर भारतीय ब्रान्डका थुप्रै मेहन्दीहरू नेपालमा बिक्छन्, सायद यो अरबौंको व्यापार हुन सक्छ ।

नेपाली समाजमा नक्कलले यतिबिघ्न गाँजेको छ कि मेरै परिवारका केटाकेटीले पनि तिउरी बारे मेरो सल्लाह सुझाव मान्नेवाला छैनन् । अव त झन् भारतीय सिनेमावाट मेहेन्दी झरेर नेपालीहरूको विवाह संस्कारमा पनि प्रवेश गरिसकेको अवस्था छ । अब असली विवाह नक्कली विवाहमा परिणित भएको छ । राम्रो कुरा सिक्नु राम्रो हो तर व्यापारीको विज्ञापनलाई बास्तविक ठान्ने अहिलेको पुस्ता निकै जिद्दीवाक छ, सिनेमामा गरिएका विज्ञापनहरू आफ्नो घरमा नक्कल गर्दा आमावुवा र परिवारको आर्थिक स्वास्थ्य सधैंको लागि विग्रन्छ भन्ने कुरा बुझ्न र मान्न चाहन्न ।

तिउरी (स्थानीय भाषामा यसको फरक नाम हुन सक्छ, पर्वतमा यसलाई तिउरी नै भन्छन्) नेपालको सबैजस्तो ठाउँमा भेटिन्छ । गमलामा लगाउँदा पनि हुन्छ नत्र त्यसै पनि वर्षाको बेलामा उम्रिने गर्छ । यसको औषधीय गुणबारे जानकारले जानकारी दिन अनुरोध गर्छु तर मैले चाहिं भारतीय कम्पनीका मेहन्दी भन्दा ‘तिउरी’को ताजा पेस्ट लगाउन प्रेरित गर्छु । मलाई थाहा छ, मान्नेवाला थोरै होलान् ! मेहन्दी पनि बनस्पति नै हो, जहाँ यो प्राकृतिक रूपमा पाइन्छ, उनले लगाउन्, कुनै प्रकारको आपत्ति छैन तर आफ्नो ठाउँमा मौलिक विरुवा हुँदाहुँदै महँगो ‘मेहेन्दी’ किनेर लगाउनु मूर्खता होइन र ?

म केटाकेटी हुँदा तीजको वरिपरी पारेर, आमा, सानीमा, फुपू, दिदीबहिनीहरूले सिलौटोमा “तिउरी“ थिचेर हातमा लगाउने गर्थे । तिउरीको स्थानीय नाम फरक होला तर कामचाहिं मेहन्दी भन्दा धेरै गरेको थाहा छ । आमाहरूसँग मैले पनि धेरै पटक ‘तिउरी’ले हात रंगाएको छु । हामी दाजुभाइ, दिदीबहिनी कसको धेरै रातो भनेर प्रतियोगिता नै गर्थ्यो ।

तिउरीको मुख्य उपयोग चाहिं रोपाईं गर्दा हात खुट्टा हिलोले खान्थ्यो । त्यो एकदम दुख्ने र पोल्ने हुन्थ्यो । बेलुकी तिउरी टिपेर सिलौटोमा कुटेर हात वा खुट्टामा हिलोले खाएको ठाउँमा अलिअलि तेल मिसाएर बाँधेर सुत्ने गरिन्थ्यो । विहान हिलोले खाएको घाउँ केही हदसम्म निको भएको हुन्थ्यो । एकतातिर फेसन (हात खुट्टा रङ्गीन हुने) अर्कोतिर हिलोले खाएका हात खुट्टा निको हुने– क्या गजव !

मैले आज श्रीमतीजीले रोपेको गमलाबाट तिउरी टिपेर, सिलौटोमा कुटेर मसिनो बनाएर हातमा ‘Krishna’ लेख्न लगाएँ । के यो भारतीय बजारको मेहन्दी भन्दा कम छ त ? पैसा खर्च गरेर मात्र फेसन हुन्छ भन्ने पुस्ताले यो कुरा बुझ्ने छैन । विज्ञापनको संसारले मान्छेलाई हदैसम्म नक्कले बनाउँ । तिउरी नेपाली वारीमा मौलिक रूपमा नै पाइन्छ । आफ्नो जरोकिलो प्रयोग गर्दा असलै हुन्छ । बाँकी आफ्नो इच्छा गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको

मुलुकलाई ‘ग्रे–लिस्ट’बाट हटाउन सरकारले आवश्यक कदम चाल्नुपर्छः सांसद झा

काठमाडौँ । सांसद रञ्जुकुमारी झाले पाथीभरामा केबलकार निर्माणका क्रममा देखिएको विवाद वार्तामार्फत समाधान

अनधिकृत संरचना भत्काउन ललितपुर महानगरले लगनखेलमा चलायो डोजर

पाटन । ललितपुर महानगरपालिकाले ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका घरटहरा