प्रधानमन्त्री भएलगत्तै ओलीले लेखे- सबैमा सम्मान, सबैलाई धन्यवाद !


काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सबैलाई सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !’ ओलीको सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुँदैछ । ।