दलहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल



ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताएका छन् ।

ललितपुरको खोकनामा शनिबार आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औँ स्थापना दिवस समारोहमा उनले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताए ।

‘राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन’, महासचिव पोखरेलले भने । उनले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गरे ।

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति सुआन र उपराष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र नेपालका

युरेनस वरिपरि नयाँ चन्द्रमा फेला

सिएनएन । खगोलविद्हरूले जेम्स वेब स्पेस टेलिस्कोपको मद्दतले युरेनस वरिपरि चन्द्रमा फेला पारेका

‘झोले’ नेताको भनाई भन्दै रावलले गरे एमाले महासचिवलाई कटाक्ष

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रति विद्यादेवी भण्डारी राजनीतिमा फर्किंदा गणतन्त्रकै

रौतहटको गौरमा हत्या गरेको अवस्थामा सुटकेसभित्र महिलाको शव फेला

रौतहट । रौतहटमा शनिबार राति फेला परेको शंकास्पद सुटकेसभित्र महिलाको शव फेला परेको