ओलीले ८४ को चुनाव वामपन्थीहरू नै मिलेर लड्ने, पार्टी एउटै बनाउने भनेपछि म त मख्ख परेँ, तर जालझेल रहेछ



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्रीले ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताएका हुन् । उनले एमाले अध्यक्ष ओलीको कला तारिफयोग्य भएको बताए ।

उनले भने, ‘केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ । म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु । नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईहरूको आपसी अनुभव अप्रिय नहोस् । कसैमाथि धोका नहोस् । मेरो शुभकामना छ ।’

उनले ओलीको षड्यन्त्र बुझ्न नसक्दा आफू अहिले १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै अवस्थामा पुगेको बताए ।

उनले भने, ‘मलाई कस्तो लाग्छ भने मैले कांग्रेससँग गठबन्धन छाडेर एमालेसँग प्रधानमन्त्री हुँदा कांग्रेस अध्यक्षको मनोविज्ञान जे अनुभूत गरेँ, आज मेरो उहाँको जस्तै स्थिति छ । झुक्याइएँ म, यसको नैतिक जिम्मेवारी लिन तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयले भन्यो-यूएसएआईडीअन्तर्गतका तीनवटा कार्यक्रमको सम्झौता भएको छैन

काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएआईडीबाट सञ्चालित कार्यक्रमलाई लिएर सामाजिक सञ्चालमा

झापाको कचनकवलबाट जनतासँग माओवादी तराई मधेस जागरण अभियान सुरु

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको

प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ प्रतिनिधिसभामा

कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान