काठमाडौं । शिक्षमन्त्री सुमना श्रेष्ठले युरोपेली मुलुकको पिआर लिएको भन्दै उनीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।
उजुरीपरेपछि सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ । सतर्कता केन्द्रको पत्र प्राप्त गरेपछि मन्त्री श्रेष्ठले आफूले कुनै देशको पिआर नलिएको बताएकी छन् ।
सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी उनले आफू नेपाली नागरिक भएको र अरु कुनै देशको पिआर र नागरिकता नलिएको स्पष्ट पारेकी हुन् ।
उनले भनेकी छन्, ‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पिआर वा नागरिकता लिएकी छैन । ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन । तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पिआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।’
उनले आरोप के प्रमाणको आधारमा लगाइयो र लगाउनेको नियत र कस्तो बेला ल्याइयो भन्दै प्रश्न गरेकी छन् । मन्त्री श्रेष्ठले युरोपियन देशको पिआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे प्रकाश पारिदिन आग्रहसमेत गरेकी छन् ।
हेर्नुस् भिडियो
म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन।
ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः… pic.twitter.com/cYyiOtKwnK
— Sumana (@SumanaShrestha) July 10, 2024

प्रतिक्रिया