अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुन्छः अध्यक्ष ओली



 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे ।

ललितपुरको च्याँसलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए ।

उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीहरूलाई निर्देशन दिए ।

उनले  पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताए । पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उनको भनाइ थियो ।

उनले विभाग प्रमुख तथा सचिवहरूलाई  मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशन दिए ।

बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले एमाले र कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको उल्लेख गर्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी सुझाव दिन विभागका पदाधिकारीहरुलाई निर्देशन दिए ।

उनले लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निरासा हटाउन दुई ठूला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेका बताए ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्नेलगायत समस्या समाधान गर्न  देश अग्रसर हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ

बाढी पहिरो र  डुबानमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौँ । नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी,

यस्ता छन् समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न राष्ट्र बैंकले दिएका पाँच सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत

बजारको मनोबल बढाउनेगरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त