प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद सचिवालयलाई जानकारी



काठमाडौं । नेकपा एमालेले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबार सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।’

यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेचन झालाई सरकारले नियन्त्रणमा लिएपछि कांग्रेस र एमालेमा बेचैनी सुरु भयोः प्रमुख सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ

सरकार ‘यस्तो पनि हुँदो रहेछ कहिले कहिले’, भन्दै गीत गाएर बसेको छ बरू, ‘उडायो सबै सपना हुरिले’ भन्ने गीत गाए हुने नि !’

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले सरकार अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिन

बागमतीमा एमालेका मन्त्रीले दिए राजीनामा, माओवादी नेतृत्वको सरकार अल्पमतमा

बागमती । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ सोमबार नेकपा एमालेका मन्त्रीहरुले

कञ्चनपुरमा बाढीमा परी सात महिनाका शिशुको मृत्यु, १६ सयको उद्दार

कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् ।