मेरो विश्वास छ, प्रधानमन्त्री विश्वासको मत लिनेतिर लाग्नु हुन्नः कोइराला



 

चितवन ।  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताए। उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ ।’

सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन   नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए ।

विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिए ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा एमालेका मन्त्रीले दिए राजीनामा, माओवादी नेतृत्वको सरकार अल्पमतमा

बागमती । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ सोमबार नेकपा एमालेका मन्त्रीहरुले

कञ्चनपुरमा बाढीमा परी सात महिनाका शिशुको मृत्यु, १६ सयको उद्दार

कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् ।

बाढीले कल्भर्ट भत्काएपछि…

सुदूरपश्चिम । अविरल वर्षाले कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडा चोकमा राजमार्गको कलभर्ट भत्किएको छ

बाढी र डुबानले कैलालीको भजनी प्रभावित

टीकापुर । लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ