‘तपाईंले प्रतिवेदन पहिले पार्टीमा छलफल गरेर त्यसलाई सार्वजनिक बहसमा ल्याएको भए अलि सुल्टो हुन्थ्यो’



नारायण गाउँले ।
मुकुलजी, योचाहिं विपक्षीलाई मसला दिने कच्चा स्टन्टजस्तो भयो । बोल्न नपाएको भन्दै मुखमा कालोपट्टी बाँध्नुभएको भन्ने पढि़यो । तर केही दिनयता त तपाईं सुनिने गरी बोलिरहनुभएकै छ । कम्तिमा यतिबेला देशमा बोल्नै नपाइने निरङ्कुशता छैन । बोल्नका लागि आज धेरै ठाउँ, मञ्च र साधन छन्, जसको उपयोग तपाईं आफैले पनि गर्नुभएको छ ।
मिडियामा आएको तपाईंको पार्टी समीक्षाको सार पार्टीकै कार्यकर्तालाई कस्तो लागेको छ थाहा भएन, तर हामीजस्ता बाहिरियाहरूलाई पनि त्यो गलत या अवस्तुगत लागेको छैन । अन्य पार्टीका पदाधिकारीले पनि पार्टीको निर्मम समीक्षा र असन्तुष्टि सार्वजनिक गर्दै आएका छन् । एमालेमा अध्यक्ष ओलीले संसद विघटन गर्दा त्यो गलत र अलोकतान्त्रिक कदम भएको भन्दै सचिव योगेश भट्टराई लगायतका नेताले आन्दोलन नै गरेका थिए, पार्टी अध्यक्षलाई नै कारबाही गरेका थिए । गगन थापाहरूले पार्टी अध्यक्षका एकलौटी निर्णयबारे बोल्दै आएकै छन् । भककै त्यसको सुनवाइ या निरन्तरता नभएको होस् । तिनलाई पार्टीले कारबाही गरेको छैन ।

रास्वपा ती दलभन्दा असहिष्णु पक्कै नहोला । लोकतान्त्रिक पार्टीमा महामन्त्री या कुनै नेताले पार्टीको अवस्था र भविष्यबारे सार्वजनिक रूपमा बोल्न, बहस गर्न या छलफल चलाउन नमिल्ने भन्ने हुँदैन । जिल्लाजिल्ला पुगेर, भेटघाट गरेर र माहोल बुझेर बनाइएको धारणा या प्रतिवेदन आफैमा ’अत्यन्त गोप्य दस्तावेज’ पनि होइन । पहिले पार्टीमा छलफल गरेर त्यसलाई सार्वजनिक बहसमा ल्याएको भए अलि सुल्टो हुन्थ्यो होला, यत्ति हो ।

बन्दै गरेको पार्टीका आफ्नै सीमा र चुनौती हुन्छन् । रणनीति र गोपनीयता हुन्छन् । लाइभ गरेको भए पनि राम्रै हुन्थ्यो होला, तर लाइभ नगर्नेबित्तिकै तपाईंले म बोल्दिन भन्दै यसरी मास्क लगाएर बस्नुभएछ । एउटा पदाधिकारीका रूपमा आफ्नो समीक्षा यात्रा, अनुभव र निष्कर्षबारे पार्टीका नेता र कार्यकर्तालाई बुझाउने र कन्भिन्स गर्ने काम पनि त तपाईंकै हो । तपाईं कार्यकर्ता होइन, नेता हो । तर लोकतन्त्रमा पनि पार्टी चल्ने त आखिर बहुमतले नै हो । अल्पमतलाई सम्मान गर्दै बहुमतले निर्णय गर्ने हो । एकै दिनमा, एउटै बैठकमा सिङ्गो पार्टी तपाईंकै धारणामा आइपुग्छ भन्ने पनि हुँदैन । आफू र पार्टी दुबैलाई अप्ठेरोमा पार्ने अलि भावुक र कच्चा काम भयो यो त !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको कचनकवलबाट जनतासँग माओवादी तराई मधेस जागरण अभियान सुरु

झापा । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको

प्रतिनिधिसभामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷८१ प्रतिनिधिसभामा

कुलमानले भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

एनाआरएनको बद्री केसी पक्षले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशनको कानुनी उपचार खोज्ने

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको