एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा



काठमाडौं । नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा बुझाएका छन् ।

बुधबार साँझ प्रधानमन्त्री निवास पुगेर मन्त्रीहरुले प्रधानमन्त्रीलाई सामूहिक राजीनामा बुझाएका हुन् । कांग्रेस र एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरुले राजीनामा गरेका हुन् ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन बुधबारसम्मको समय दिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेका तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनी वायुको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

  काठमाडौँ । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ

कांग्रेस संसदीय दलको बैठक बस्दै

  काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक

अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुन्छः अध्यक्ष ओली

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल

हाम्रो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय