कांग्रेसले प्रधानन्त्रीलाई भन्यो-राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुस्



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।

प्रमुख सचेतक रमेश लेखकले अहिलेको राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरिसकेको छ । ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा छँदैछ ।’

बैठकले एमालेसँग भएको सहमति  पनि अनुमोदन गरेको छ । एमाले र कांग्रेसबीच सुरुका दुईवर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र त्यसपछि चुनावसम्म सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपाले विश्वासको मत

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको

अशोक राई नेतृत्वको जसपाले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको

१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न, पदाधिकारी र कार्यसमिति चयन बाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनले दुईसय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९३