मुकुल ढकाल मुखमा कालो टेप टाँसेर केन्द्रीय समिति बैठकमा उपस्थित भएपछि…



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा मुखमा टेप टाँसेर विरोध जनाएका छन् ।

बुधबारको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध जनाएका हुन् । उनले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए ।

तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् । महामन्त्री ढकालले केही दिनअघि पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउँदै एमाले र माओवादीसँग सहकार्य गर्नु गलत भएको बताएका थिए ।

प्रतिवेदनमा काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्नुपर्नेलगायतका विषय उल्लेख छन् । ढकालले पार्टी यसैगरी चलाए २०८४ सालमा विवेकशील साझाको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

उनले पार्टीप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले त्यसलाई चिर्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

तर पार्टीको आन्तरिक कुरा मिडियावाजी गरेको भन्दै ढकाललाई स्पष्टीकरणसमेत सोधिएको छ । त्यसपछि पार्टीभित्र महामन्त्रीको ढकालको आलोचना भइरहेको छ । उनले यो प्रतिवेदन बुझाएपछि आफू पार्टीबाट निकालिनसक्ने समेत बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न, पदाधिकारी र कार्यसमिति चयन बाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनले दुईसय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९३

उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने भएको छ ।

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिस्थितिमा उतारचढाव जस्तो देखिए पनि सरकारले विपद्

एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा