कांग्रेसले भन्यो-राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न एमालेसँग सत्ता समीकरण



काठमाडौँ । नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच सोमबार राति भएको सत्ता समीकरणको सहमतिबारे जानकारी गराएका थिए । सोमबार दुई दलबीच संविधान संशोधनलगायत विषयमा सहकार्य गर्दै अघि बढ्ने सहमति भएको थियो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सञ्चारकर्मीसँग कुरा गर्दै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने र अन्य दललाई पनि समावेश गर्ने सहमति जनाएको जानकारी दिए । आगामी निर्वाचनसम्म एमाले र कांग्रेसले आलोपालोमा सरकारको नेतृत्व गर्ने र सरकारमा अन्य दललाई पनि संलग्न गराउने समझदारी भएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई एमालेको आग्रह: सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने निर्णय नगर्नु

काठमाडौं । नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आग्रह

सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले प्रहरी प्रमुख र गृहसचिवसँग छलफल गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले

एमालेसँग भएको समझदारीबारे जानकारी गराउन कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो ३

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित आयुक्त कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ । बिहीबार