नयाँ गठनबन्धमा सहभागी नहुने रास्वपाको निर्णय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकार छोड्ने निर्णय गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने वित्तिकै सरकारबाट बाहिरिने र नयाँ गठबन्धनमा रास्वपा सहभागी नहुने निर्णय भएको बताए ।

नेकपा एमाले र नेपाली कांग्रसले नयाँ सरकार गठनमा सहमति गरेका छन् । सहमतिअनुसार सुरुमा दुईवर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र त्यसपछिको बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्नु प्रचण्डका निम्ति श्रेयस्कर हुन्छः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौँ । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको

प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

काठमाडौं । राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपा मन्त्रीहरु राजीनामा नदिइ फर्किएका

प्रचण्डलाई बाबुरामको कटाक्षः ‘कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले….’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले मन्त्रीहरु राजीनामा