मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भने -गठबन्धनका दलबीच असमझदारी बढ्यो भनेर मिडिया ट्रायल गरियो, त्यसमा सत्यता छैन



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छन् ।

सोमबार साँझ मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन् ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन् ।

‘गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन’, उनले भने, ‘गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असई थमन विकको हत्या अभियोगमा पूर्वसांसद यादव पुर्पक्षका लागि थुनामा

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या आरोपमा पक्राउ

फेरि धारा २ अनुसार सरकार गठन गर्न खोज्नु पश्चगामी खेल : महासचिव गुरुङ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले कांग्रेस र नेकपा एमालेबीच भएको

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

  काठमाडौँ ।  सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार

विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय