प्रधानमन्त्रीको सचिवालय भन्छः देउवा-ओली भेटले सत्तासमीकरणमा असर गर्दैन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई नयाँ सत्तासमीकरणका रुपमा बुझ्न नहुने बताएको छ । गत शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

दुई नेताबीचको भेटपछि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि घण्टौं लामो भेटवार्ता भएका छन् । प्रधानमन्त्रीको सचिवालयले देउवा र ओलीबीच बालकोटमा भएको कुराकानीले नेपाली राजनीतिमा तरङ्ग ल्याए पनि त्यसको असर सत्ता समीकरणमा केन्द्रित नरहेको दाबी गरेको छ ।

प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले ओली देउवा भेटलाई सत्तासमीकरणसँग जोड्न नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सरकारलाई प्रभावकारी बनाएर लैजाने विषयमा छलफल भएको बताइन् ।

प्रधानमन्त्रीका अर्का स्वकीय सचिव रमेश मल्लले प्रचण्ड र ओलीबीच कुनै समस्या नआएको जिकिर गरेका छन् । उनले दुई नेताबीच सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

तर ओली देउवाबीचको भेटपछि भने सरकार परिवर्तन हुन लागेको भन्दै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । खासगरी बजेटपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग रुष्ट देखिएका छन् । उनले बजेटको आलोचना गर्न सांसदहरुलाई निर्देशन नै दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओली पुनः संसद विघटन गरी मध्यावधि घोषणा गर्ने पक्षमा !

काठमाडौं । नेकपा मसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पुनः

राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल

काठमाडौँ । राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव अधिकारीले लिए शपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा

कांग्रेस र एमाले मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला