पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक



काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर दउवाले सोमबार दिउँसो ३ बजेका लागि पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको जानकारी दिए । सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलमा सत्तासमीकरणमा फेरबदल आउने चर्चा चलेको छ ।

शनिबार देउवा र ओलीबीचको छलफलपछि आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल तथा रास्वपाका सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसले भन्यो-राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न एमालेसँग सत्ता समीकरण

काठमाडौँ । नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन्

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र