गण्डकीमा फणीन्द्र देवकोटा दोस्रो पटक बने मन्त्री



गण्डकी । सर्वोच्च अदालतको आदेशबाट सांसद पुनर्वहाली भएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् । देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मत दिएपछि उनी मन्त्री बनेका थिए ।

तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाएका थिए । त्यसपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । असार ६ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई मन्त्रीबाट हटाइएको सूचना प्रदेश प्रमुखको कार्यालयमा दिएको थियो ।

कारबाहीविरुद्ध उनी सर्वोच्च गएका थिए सर्वोच्च अदालतले कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उनी सांसद पुनर्वहाली भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले महासचिव पोखरेल भन्छन्-संविधान संशोधन र तदनुरुपका कानून निर्माणका लागि ओलीको नेतृत्वमा सरकार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा

कांग्रेस एमालेको सहमतिप्रति बालेनको व्यंग्यः ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकार गठनमा नेपाली कांग्रेस र नेकपा

एमालेले बोलायो सचिवालय बैठक, पछिल्लो राजनीतिक घटनाक्रम बैठकको एजेण्डा

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय

कांग्रेस-एमाले सहमतिपछि रास्वापा आन्तरिक छलफलमा

काठमाडौँ । सत्ता परिवर्तन हुने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ