गृहमन्त्रीले सुरु गरे ‘गृहमन्त्रीलाई भन्नुहोस्’ र ‘कल ब्याक फ्राइडे’(भिडियोसहित)



काठमाडौं । कार्यकाल एकसय दिन पुगेको अवसरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘गृहमन्त्रीलाई भन्नुहोस्’ र ‘कल ब्याक फ्राइडे’ घोषणा गरेका थिए ।

सोही घोषणअनुरुप गृह मन्त्रालयको वेभसाइट वा गृह मातहतका कार्यालयमा राखिएको ‘गृहमन्त्रीलाई भन्नुहोस्’ क्यूआर मार्फत सेवा प्रवाह वा अन्य समस्याबारे सेवाग्राहीले गर्ने गुनासो गृहमन्त्रीले ‘कल ब्याक फ्राइडे’मा सम्बोधन गर्न सुरु गरेका छन् ।

‘कल ब्याक फ्राइडे’ गृहअन्तर्गतका कार्यालयले सेवाग्राहीलाई फोन गरेर उनीहरुको कामबारे जानकारी गराउने अभियान हो। गृहमन्त्रीले हरेक शुक्रबार निश्चित समय छुट्याएर सेवाग्राहीलाई फोन गर्न मातहतका कार्यालय वा अधिकारीलाई निर्देशन गरिसकेका छन् ।

‘गृहमन्त्रीलाई भन्नुहोस्’ क्यूआर मार्फत प्राप्त नागरिकका गुनासो सम्बोधनको सुरुवात असार १४ गते शुक्रबार (‘कल ब्याक फ्राइडे’मा) गृहमन्त्रीले गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारसमक्ष कोरोनाकालका ‘होल्डिङ सेन्टर’ व्यवस्थापनसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं  । रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई देशका विभिन्न सात स्थानमा निर्माण भई प्रयोगविहीन रहेका

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भने -गठबन्धनका दलबीच असमझदारी बढ्यो भनेर मिडिया ट्रायल गरियो, त्यसमा सत्यता छैन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको

रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला

सर्लाही । बाल यौन दुव्र्यवहार दोषी ठहर भएका आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई

बीआरआईमा अनुदान लिने, ऋण स्वीकार नगर्ने कांग्रेसको अडान

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको