सेलेब्रेटीहरूले किन गर्छन् डिभोर्स ?



डा. गोविन्दशरण उपाध्याय ।
तर्क गर्न र आत्म–सन्तुष्टिका लागि अनेकौं तर्क होलान् तर युवाहरूले आदर्श मानेका चलचित्रका हिरोहिरोइन होउन् वा लैंगिक–समानताको लागि अभियान चलाईरहेका अभियन्ता नै किन नहोऊन्, दाम्पत्य जीवन सुखद छैन । नाम चलेका सेलेब्रेटीहरू सिनेमामा युवायुवतिहरूलाई दीगो ‘मायाप्रिती’ सिकाउँछन् तर आफ्नै मायाप्रिति र पारिवारिक स्थायित्व डामाडोल हुन्छ । तिनले सिनेमाको पर्दामा अरूलाई देखाउने दीगो मायाप्रितिका कुराहरू आफ्नै जीवनमा चाहिं मृगतृष्णा सरह हुन्छ । ठ्याकै यही तत्थ्य जेन्डर–इक्वालिटीका अभियानकर्तासंग हुन्छ । किन ?

मैले र तपाईंहरूले चिनेका नेपाली तथा भारतीय हिरो–हिरोइनहरू मध्ये धेरैजसोले आफ्नो पहिलो विवाह समाप्त गरेर दोस्रो विवाह गरेका छन् अथवा एकल जीवन व्यतीत गरिरहेका छन् । सुनौलो पर्दामा भर्खरै यौवनमा प्रवेश गर्दैगरेका केटाकेटीलाई मायाप्रितिको स्वप्न–संसार देखाउनेहरूको आफ्नै जीवन किन सुनौलो हुन सकेन ? स्वप्निल मायाप्रितिको सपना बुन्नुभन्दा पहिला युवायुवतिहरूले यी अभियन्ता र सेलेब्रेटीहरूको वास्तविक जीवन थाहा पाएको राम्रो हुन्छ । सेलेब्रेटीहरूले ‘मेरो निजी मामिला’ भन्दैमा दाम्पत्य जीवनबाट छुट्टिने उपक्रमको मानसिक पीडा कम हुँदैन ।

पतिपत्नी संगै बस्नै नसक्ने अवस्था भए छुट्टिनु उचित हुन्छ तर केवल व्यक्तिगत स्वार्थका कारण डिभोर्स दिने र लिने गतिविधि बढ्दा सबैभन्दा बढी प्रभावित बालबालिका हुन्छन् । अनुसन्धानहरूले अभियन्ता र सेलेब्रेटीहरूको किन बढी डिभोर्स हुन्छ ? भन्ने विषय खुलेको छैन तर स्वतन्त्र अनुसन्धाताहरूले इंगित गरेअनुसार अत्याधिक महत्वाकांक्षा, यौन क्रियाकलाप वारे स्वतन्त्रताको बढी उपयोग गर्ने चाहना र लोग्नेले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई समुचित समय दिन नसक्नु प्रमुख छन् ।

नाम चलेका केही नेपाली सिनेमा कर्मीहरू र अभियन्ताहरूहरूले (मैले उहाँहरूको नाम उल्लेख गर्न उचित ठानिन) डिभोर्सको पीडा भोगेका छन् । कसैले दोस्रो, तेस्रो विवाह गरेका छन् भने केही सिंगल छन् । सिनेमाको पर्दामा मायाप्रिति सिकाउनेहरूको आफ्नै एस्तो हरिविजोक किन भयो वा हुन्छ ? खासगरी, युवायुवतिहरूले फेसबुके वा अन्य प्रकारको वासनालाई ‘प्रेम’ ठान्नु पूर्व चिन्तन गर्नुपर्छ । सुनौलो पर्दाको व्यबसायिक प्रेमको विज्ञापनबाट प्रभावित भएर ‘तिमी विना म बाँच्न सक्दिन, यो हाम्रो जीवन हो, हामीले बाँच्न पाउनुपर्छ, हामी २० वर्ष पुगिसकेको छौँ’जस्ता बचन बोल्नु भन्दा धेरै गुणा सोच्नुपर्छ ।

–सेलेब्रेटीहरूको दाम्पत्य जीवन असफल हुनुमा धेरैकारणहरू छन् । ती कारणहरू मध्ये केही प्रमुख छन् त केही गौण छन् । फेरि सबै सेलेब्रेटी (सिनेमा, खेलकुद, राजनैतिकआदि) को दाम्पत्य जीवन असफल नै हुन्छ भन्ने निर्णयमा पुग्नु पनि उचित हुन्न ।

१. आफू केन्द्रित व्यक्तित्वः अनुसन्धानहरूले धेरैजसो सेलेब्रेटीहरू ‘आफु केन्द्रित हुने’ इङ्गित गरेका छन् । आफू केन्द्रित हुनुको अर्थ हो– सेलेब्रेटीहरूले सम्पूर्ण संसार आफ्नो वरिपरी घुम्ने तर आफू कसैको वरिपरी घुम्न नपर्ने व्यक्तिगत अहङ्कारको विकास गरेका हुन्छन् । व्याबहारिक जीवनमा यस्तो व्यक्तित्व अर्को कुनै पनि व्यक्तिसंग संयोजन (Adjustment) गरेर अगाडी बढ्न धेरै गाह्रो हुन्छ । आत्म केन्द्रितले आफुजस्तो जान्ने, सुन्ने र महत्वपूर्ण व्यक्ति अर्को हुने नसक्ने मानसिक समस्याले ग्रस्त हुँदा दाम्पत्य जीवन सफल हुँदैन । यस्ता व्यक्तिका लागि दाम्पत्यको अर्थ यौनसुख हुन्छ । तर दाम्पत्य जीवन यौनसुख भन्दा पनि धेरै हो ।

२. सम्बन्ध भन्दा पेशालाई महत्वः सेलेब्रेटीहरूको दाम्पत्य जीवन सफल नहुनुमा उनीहरूको पेसाप्रतिको प्रतिबद्धता पनि हो । निरन्तर पेशामा व्यस्त रहनु वा पारिवारिक अथवा लोग्नेस्वास्नीको सम्बन्धलाई भन्दा बढी पेशालाई महत्व दिनेहरूले आफ्नो दाम्पत्य जीवन एकआपसी सहमति मै अन्त्य गरेको पनि सुनिन्छ । लोग्ने–स्वास्नी दूवै सेलेब्रेटी छन् भने यस्तो सम्भावना बढी नै हुन्छ । उनीहरूले आफ्नो पेशाप्रति न्याय गर्न खोज्दा दाम्पत्य वा पारिवारिक जीवनको सहकार्य, सम्बन्ध गुमाएका हुन्छन् । निरन्तर पेशालाई महत्व दिंदा परिवारसंग जोडिएका धार्मिक, सांस्कृतिक, सामाजिक तथा भावनात्मक सम्बन्धहरू धेरै पछी छुट्छन् ।

३. उत्साहको उन्मादः सेलेब्रेटीहरूलाई सर्वसाधारणदेखि उच्चतहका व्यक्तिहरूले चिनेका हुन्छन् । टेलिभिजन, अखवार, रेडियो, विज्ञापनहरू र मानिसहरूले आफ्नो चर्चा, परिचर्चा र चिनारी बहदै गर्दा जो सुकै व्यक्ति उत्साहित हुन्छ । चर्चा परिचर्चाको यो उत्साह उन्मादमा रूपान्तरित हुन्छ । उन्मादसँगै सम्बन्धित सेलेब्रेटीसंग दाम पनि प्रसस्त मात्रामा हुन्छ । त्यसपछि, सेलेब्रेटीको त्यो प्रतिष्ठा र पैसाको उन्मादले धार्मिक, सांस्कृतिक, सामाजिक तथा पारिवारिक कर्तव्य पालन गर्न/गराउने कुरालाई महत्वहीन ठान्छ । यस्तो उन्मादमा सम्बन्धित व्यक्तिको दाम्पत्य जीवन बलिको बोको बन्छ । यही उन्मादका वरिपरी उसले अनेकौं यौन–पार्टनर हुन्छन् तर भावनात्मक रूपमा बलियोसंग जोडिएको लोग्ने, स्वास्नी वा छोराछोरीको प्रेम धेरै पछाडी छुट्छ ।

४. जिद्दीवालः अधिकारवादको अभियानमा लागेकाहरू आफ्नो चिन्तनप्रति निकै पूर्वाग्रही हुने अनुसन्धानले देखिएको छ । अचम्मको कुरा के हो भने यस्ता व्यक्तिहरू आफ्नो त्यही ‘पूर्वाग्रह र जिद्दीपन’का कारण चर्चापरिचर्चामा रहेका हुन्छन् । सार्वजनिक संचारमा रहने लोभका कारण यस्ता व्यक्तिहरूको दाम्पत्य जीवन चौपट हुन्छ । यस्ता व्यक्तिहरूले सधैं ‘अर्को’लाई दोषी देख्छन् र घृणा व्यक्त गर्छन् । मैले केही निकै कहलिएका अधिकारवादी/अभियानकर्ताहरूलाई चिनेको छु, जसको मिडियामा निकै चर्चा हुन्छ तर व्यक्तिगत रूपमा एकलकाटे तथा मानसिक रूपमा सबैभन्दा बढी दुःखी व्यक्ति छन् । आफ्नो वैचारिक पूर्वाग्रह र जिद्दीपनका कारण घर, परिवारबाट एक्लिएको हुन्छ तर मिडियाले प्रयोग गरिरहने हुँदा, सार्वजनिक संकथनमा रहिरहन्छ ।

–उपरोक्त प्रमुख कारणहरू बाहेक अन्य पनि अनेकौं आन्तरिक तथा बाह्यकारकहरू हुन सक्छन् । दाम्पत्य जीवन सफल हुनैपर्छ भन्ने छैन तर जुनसुकै व्यक्तिको मानसिक स्वास्थ्य ठीक रहनुपर्छ–यसको कुनै विकल्प छैन । सेलेबेटीहरू पनि हाडछालाले बनेका मान्छे नै हुन् । उनीहरूले पनि आफ्नो पारिवारिक जीवन सुखमय र सरल होस् भन्ने चाहन्छन् । त्यसैले हरेक सेलेब्रेटीहरूले आफ्नो जीवनमा केही परिवर्तन गरेर पारिवारिक दाम्पत्य जीवन सरल र सहज बनाउन सक्छन् ।

१. म बाहेक–यो संसारमा तपाईंमात्र एक्लो सफल व्यक्ति होइन । सफल व्यक्ति हुँदैमा विश्व तपाईंको वरिपरी घुम्दैन । रियललाइफ र आर्टिफिसियल लाइफका बीच धेरै फरक हुन्छ । सेलेब्रेटी होस् वा अभियानकर्ता एक आफुलाई हाडछालाले बनेको मान्छेका रुपमा विचार गर्यौं भने जीवन सरल र सहज हुन्छ । विश्वलाई मायाप्रिति सिकाउनु राम्रो कुरा हो तर आफुनै एडजस्ट हुन नसकेर छिन्नभिन्न हुनु उचित होइन ।

२. पैसाले सबै थोक पाइन्छ तर प्रेम पाइन्न । पैसाको लागि तपाईंसंग प्रेम प्रस्ताव राख्नेहरू धेरै होलान् तर पैसा हुँदामा हाम्रो मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने हुँदैन । आफ्नो जिद्दीपन तथा अबुझपनको अहङ्कारमा केही सेलेब्रेटीहरूले आत्महत्या गर्ने अप्रिय निर्णय लिन्छन् । आफ्नो करियरलाई महत्व दिनु राम्रो हो तर करियरको मूल्यमा परिवारलाई बलिको बोको बनाउनु हुँदैन । त्यसैले विवाह गर्नु पूर्वनै “करियर“ वारे निर्णय लिनुपर्छ । उदाहरणका लागि तपाईं भन्न सक्नुहुन्छ ‘मैले अमुक लक्ष हासिल नगरी विवाह गर्दिन । तपाईंले विवाह नगर्ने निर्णय गर्दा भविष्यको डिभोर्स र त्यसबाट पुग्ने मानसिक, धार्मिक, साँस्कृतिक र सामाजिक क्षति न्यून हुन्छ ।

३. एउटा सेलेब्रेटी सार्वजनिक सम्पत्तिसरह हुन्छ । गोप्यताको चान्स कम नै हुन्छन् । यस्तो अवस्थामा, तपाईंले गर्ने/गराउने क्रियाकलापलाई धेरैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फोलो गरिरहेका हुन्छन् । तपाईंको समझदार निर्णयले धेरैको जीवनलाई सकारत्मक बनाउँछ भने तपाईंको एउटा गलत निर्णयले सामाजिक, सांस्कृतिक तथा धार्मिकरूपमा निकै विचलन उत्पादन गर्न सक्छ । आफ्नो जीवन यसरी संचालन गरौँ कि तपाईंलाई आदर्श मान्न्दा अरूको जीवन सुखी होस् । तपाईंहरूले विवाह गर्दा खुसी हुने फ्यानहरू तपाईंहरूले डिभोर्स दिंदा खुसी हुँदैनन् । आफू केन्द्रित जीवनशैली त्याग्ने, पैसाले सबै थोक पाइन्छ भन्ने मनोविज्ञानबाट मुक्त हुने र एउटा हाडछालाको मान्छेका सीमाहरू स्वीकार गरेर एडजस्टमेन्ट हुने प्रयत्न गर्नेहरू सफल हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, पासोमा पर्दैनौंः अर्थमन्त्री पुन

  काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था

प्रधानमन्त्रीको सचिवालय भन्छः देउवा-ओली भेटले सत्तासमीकरणमा असर गर्दैन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ

काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको

टिआरसीमा सहमति खोज्न कार्यदल गठन

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ ।