नेपालको क्रान्तिमा कांग्रेस र एमालेले चार सहीदको भन्दा बीपी र मदन भण्डारीको योगदान धेरै देखेछन्ः मेयर साह



काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान आठ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

मेयर बालेन साहले एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भनेको तर आफूले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भन्दा विवाद भएको बताएका छन् । उनले सामाजिक संजालमार्फत बैठक यसै कारण बैठक स्थगित गरेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘एमाले काङ्ग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो ।’

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसइईको पुरक परीक्षा साउन २३ गतेदेखि

  भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि

कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लानका लागि नीति बनाउने हो, सरुवा बढुवामा लाग्ने होइनः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्ति, सरुवा

भ्रष्टाचारलाई समाप्त गर्ने विषयमा दलहरुबीच प्रतिस्पर्धा हुनुपर्छः खनाल

  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी