मुकुलजी ! सत्ताको रस पसेर होकी, सिक्नुपर्ने कुरा सिक्न समय मिलेन, अब सिक्नुहोस्



भागवत गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन । मलाई बेला बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ । मुकुलजी (रा.स्व.पा का महामन्त्री) ले पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ भनेर ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु भएको कुरा समाचारबाट सुनें । विवेकशीलको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनें । र, आफ्नो केही कुरा याहाँ राख्न मन लाग्यो ।

रास्वपाको सुरूवात भैराख्दा उज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको थियो । दाइको देहान्त पछि जसरी लाखौं मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो । रास्वपाले पनि पटक पटक भन्यो सो पार्टीको राजनीतिक धरतालको जग स्वर्गीय उज्वल थापाले नै राखिदिएका हुन् । गणतन्त्र स्थापना पछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बन्यो, जसले नेपाली समाजमा अनौठो तरीकाको भद्र राजनीतिको सुरूवात गर्यो, युवाहरूलाई राजनीतिमा आकर्षित गर्न फेरि सुरु गर्यो । निर्वाचनको अंक गणितमा प्रायः तलै पर्यो तर देशको सामाजिक विषयमा माथि पर्दैथ्यो । बिडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, संगठन विस्तार तिव्ररुपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक ऐजेन्डा परिवर्तन हुँदै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौं ।

विवेकशील साझा पार्टी अहिले बेला बेला मात्र देखिन्छ, सदस्यहरू पनि छैनन्, खासै केही साख छैन, हामी यस्तो अवस्थामा चाहिँ पुग्न हुँदैन भन्नु भएको सुनिन्छ । ठिकै हो, हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन, अहिले हेर्दा पनि अवस्था मन पर्दैन तर ‘छिटै खाउँ जली मरौं’ गरेर हामीले आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट राखेका छैनौं । हामीले विवेकशील–साझा पार्टीलाई तात्कालिन अध्यक्षको लहलहैमा राप्रपा बन्न दिएनौं, त्यसमा स्पष्ट भयौं, टुटफुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनु हुन्छ, फेसबुकका कमेन्टमा रिस पोखी रहनुहुन्छ, लाग्छ कि उहाँहरू कुनै आमुक दलका अन्धभक्त हुनुहुन्छ तर होइन; हाम्रै पुराना रुष्ट साथीहरू हुनुन्छ। यसरी हेर्दा, अहिले पार्टीमा अहिले दुःख कष्ट व्यापक छ तर पनि राजनीतिक अडान छ।

यस्ता दुखका कुराहरू बीच पनि मलाई अचम्म चाहिँ के विषयमा लागिरहेको छ भने याहाँहरू ‘माथि’ भएको आभाष र ‘तल पुग्न लागेको’ आभाष पनि ‘विवेकशील साझा’ को नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न । बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई सकभर ठाँउमा राखौँ भन्ने पनि सुनेको हो (यो सुनेको कुरा चाहिँ गलतै साबित होस्।)

एकजनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिंगो दल होइन ।
त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्कीसक्यो ! तपाईंहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो इतिहास, लडाईं, भोगाई, थकाई र सिकाईले हामी हिँंडिरहनेछौं र हाम्रो भोगाइबाट तपाईंहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर होकी, निकै कम समयमा संसदभवन भित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस्।
र, गीतामै भने जस्तो तलको वाक्यांश पनि हामीहरु सबैले नबिर्सौँ ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।। अर्थात् कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन।
तपाईहरूलाई शुभभाव ।।

रन्जु दर्शना
महासचिव, (तपाईंहरू बन्न नचाहेकै पार्टीबाट)
विवेकशील साझा पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदलाई जनताका आवाज बुलन्द गर्ने थलोका रूपमा विकास गर्नुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध

संसदप्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउनु सबैको दायित्वः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक

आज संसद् दिवस मनाइँदै

काठमाडौं । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको

एसइईको नतिजा संसदको निरर्थक चर्चा र राजनीतिक खेल खेल्ने आधुनिक मालिकहरुको फेल हो

डा. युवराज संग्रौला । एसइईमा फेल र पासको चर्चा । जुन देश आफ्नो