टुक्राटुक्रा गरेर उत्पादनशील भूमि मासिन्छ, अनि कसरी मुलुक समृद्ध हुन्छ ?



काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकको विशेष समयमा उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न माग गरेका हुन् ।

सांसद जीतजङ्ग बस्नेतले वृद्धाभत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रवधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था खारेज गर्न आग्रह गरे ।

उनले मुलुकभर वन अतिक्रमणका साथै वन विनाश भइरहेका जनाउँदै सरकारले वन क्षेत्रको संरक्षणका लागि आवश्यक पहल अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद बस्नेतले कर्मचारीको तलब बढाउन आवश्यक रहेकामा जोड दिँदै भने, “कालोबजारी रोक्न नसकिने, कर्मचारीको थोरै तलब दिएर कसरी पुग्छ ?”

सांसद वामदेव गौतमले सम्पूर्ण जमिनलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए । “भूमि नै मुख्य उत्पादनको साधन हो, तर टुक्राटुक्रा गरेर उत्पादनशील भूमि मासिन्छ कसरी मुलुक समृद्धि हुन्छ ?”, उनले प्रश्न गरे, “विश्वका जुनजुन स्थानमा राष्ट्रियकरण गरिएको छ, ती मुलुक धनी छन् ।”

सांसद गोपीबहादुर अछामीले अछाममा छाउगोठमा बसिरहेकी किशोरीमाथि भएको बलात्कारको घटनामा सरकारले गम्भीर भएर छानबिन गर्नुपर्नेमा जोड दिए ।

उनले घरभाडा समयानुकूल बनाउनुपर्नेलगायत ११ बुुँदे माग राख्दै आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका जायज माग पूरा गर्नुपर्ने बताए । मनसुनजन्य विपद्का घटनाका पीडितलाई सरकारले समयमा नै राहत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

सांसद किरणबहादुर श्रेष्ठले मुलुकमा स्थिर सरकार बनाउने हो भने निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले नेताले इमान्दीरतापूर्वक काम गर्दा मुलुकको मुहार फेर्न सकिने भन्दै सबैले देश विकानसमा एकजुट भएर इमान्दीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

सांसद तुलसाकुमारी दाहालले अछाममा छाउपडीप्रथाका कारण किशोरीमाथि भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै सरकार गम्भीर भएर छानबिन गर्नुपर्नेमा जोड दिइन् । “छाउका नाममा महिलालाई अछुतकारुपमा व्यवहार गर्दा आज किशोरी बलात्कृत हुनुपरेको छ, छाउगोठ हटाउन समाजमा सचेतना जगाउन जरुरी छ”, उनले भनिन्, “यस्तो कु–प्रथा अन्त्य गर्न सरकारले पहल गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन दिन विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई सरकारको आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको

बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र

बाढीपहिरोमा परी देशभरमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले

कोशी ब्यारेजको पुलबाट पैदल आवतजावतसमेत बन्द

  इनरुवा ।  कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा