गृहमन्त्रीलाई हृदयराम थानीको प्रश्नः ५० दिनपछि तपाईंले भाषा फेर्नुभएको छ, यस्तै तरिकाले गृह मन्त्रालय चल्छ ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने निरीह भएको टिप्पणी गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थानीले गृहमन्त्री सरकार बाहिर हुँदा र सरकारमा गएपछिका अभिव्यक्तिको तुलना गर्दा उहाँ निरीह देखिएको टिप्पणी गरेका हुन् ।

उनले सहकारी ठगीको नाइके जीबी राईलाई पक्राउ गरेर ल्याउँछु भनेर गृहमन्त्रीले बोलेको कुरा स्मरण गराउँदै पक्रेर देखाउन आग्रह गरे ।

उनले भने, ‘२०८० साल चैत्र १० गते जीबी राई आकाशा होस् कि पातालमा समातेर ल्याउँछु भन्नुभयो। गृहमन्त्रीजी यो कुरा याद छ कि छैन ? कहाँ गए आज जीबी राई ? त्यसको ठिक ५० दिनपछि वैशाख २९ गते तपाईंले भरतपुर विमानस्थलमा भन्नुभयो–जीबी राईलाई अघिल्लो सरकारले भगाएको भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ तपाईंको अगाडि हुनुहुन्छ। अघिल्लो सरकारले भगायो कि भगाएन। त्यसको दोष कसल लिने ? ५० दिनपछि तपाईंले भाषा फेर्नुभएको छ। यस्तै तरिकाले मुलुक चल्छ ? गृहमन्त्रालय चल्छ ?’

सांसद थानीले संसदमा यसअघि गृहमन्त्रीले दिएको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताए । उनले गिरिबन्धु टी–स्टेट जग्गा छानबिन, क्यान्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन वटा फाइल खोलेर छानबिन गरेर देखाउन चुनौती समेत दिए ।

थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश नेता जेलमा हुन्छन् भन्ने आफ्नो अभिव्यक्ति स्मरण गर्न आग्रह गरे । उनले भने, ‘तपाईंकै शब्दमा भन्छु गृहमन्त्रीज्यू तपाईंले मुटु सिंहको जस्तो हुनुपर्छ। फिस्टाको जत्रो होइन भन्नुभयो। तीनवटा फाइल कुनकुन हुन भन्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने फाइल खोल्न किन ढिलो गर्नुभइरहेको छ ? गिरिबन्धु टी स्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ तपाईंले ? क्यान्टोनमेन्टको घोटालाबारे छानबिन गर्न सक्नुहुन्छ। तपाईं ओम्नी र यतीको बारेमा छानबिन गर्न सक्नुहुन्छ ?’

उनले सत्तामा बसेर गृहमन्त्रीले कांग्रेसलाई धम्याइरहेको भन्दै निर्मलाको हत्यारा पत्ता लगाउँछु भनेर आफैँले गरेको निर्णय गृहमन्त्रीले पूरा नगरेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

वर्षाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं  ।  बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडाैं उपत्यकाका धेरै स्थानमा पानी

मौसममा आएको खराबीका कारण शनिबार बिहानसम्म सबै आन्तरिक उडान स्थगित

  काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण शुक्रबार

चाडपर्वमा कालोबजारी नियन्त्रण गर्न आफ्नै नेतृत्वको सरकारलाई एमालेको खबरदारी

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वका बेला महँगी र कालोबजारी नियन्त्रण गर्न