बजेट पारित गर्ने दिन सदन बहिष्कार गर्ने सांसद सिंहको चेतावनी



काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा सिंहले प्रधानमन्त्री, अर्थमन्त्री लगायतका क्षेत्रमा अर्बौं बजेट बिनियोजन गरिएको र अन्य जिल्लालाई बेवास्ता गरेर बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेका हुन् ।

प्रधानमन्त्री सदनप्रति उत्तरदायी भएकाले बजेटका बिषयमा मन्त्रीले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । उनले मन्त्री र प्रधानमन्त्रीको जिल्लामा मात्र बजेट लैजाने हो भने अर्को वर्षदेखि सदनमा बजेट सार्वजनिक गर्नुको कुनै औचित्य नभएको जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्रीको जवाफका लागि रुलिङ नभए बजेट पारित गर्ने दिन बैठक बहिष्कार गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङमा परी १४ जनाको मृत्यु

काठमाडौं । बाढी, पहिरो र चट्याङका पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु

एसइईको नतिजा बिहीबार सार्वजनिक गरिने

  भक्तपुर ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को