मिडिया–राजनीतिले महत्व नदिने पाटो



डा. गोविन्दशरण उपाध्याय ।

मिडिया–प्रिय हुनै सक्नुहुँदैन किनभनेः

१. आफ्नो देशको मौलिक निरन्तरतासंगै परिवर्तनका पक्षमा कुरा गर्नुहुन्छ । देशको ऐतिहासिकम धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानको निरन्तरताका पक्षमा वकालत गर्ने, राजनीति गर्ने, शिक्षा दिने व्यक्तिका विचार तथा अभियानहरूको अभियन्ता हुनुहुन्छ ।

२. यदि देशका सम्पूर्ण जनताको मौलिकअस्तित्व र पहिचान समानताका सूत्रका आधारमा खोज्ने प्रयत्न गर्नुहुन्छ ।

३. यदि हरेक व्यक्तिसंग प्रेमी मन छ, जसले व्यक्ति–व्यक्तिका विचमा सहृदयी सम्बन्ध विस्तार गर्न सक्छ एउटा कर्ताव्यशील नागरिकका रूपमा एकआपसी विश्वास आर्जित हुन्छ भन्ने बुझ्नुहुन्छ र त्यसका लागि अभियानकर्ता हुनुन्छ ।

४. यदि विखण्डन, घृणावाद, झोलावाद, विदेशीप्रतिमानहरुका तुलनामा स्वदेशी प्रतिमान तथा ज्ञान प्रणालीको कुरा गर्नुहुन्छ र स्वदेशको मौलिक पहिचान स्थापित गर्ने अभियन्ता हुनुहुन्छ । सत्याग्रह, रचनात्मक विरोध, सुझाव तथा वार्ताको प्रयोग परिवर्तनका लागि साधनका रूपमा उपयोग गर्नुहुन्छ भने तपाईंलाई मिडिया र नेता दूवैले पत्याउने छैनन् ।

तपाईं मिडियामा सजिलै प्रिय हुन सक्नुहुन्छ

१. आफ्ना ऐतिहासिक मौलिक धर्म, संस्कृति. परम्परा, राजनीति तथा सामाजिक परिपाटीको कठोर आलोचना गर्दै, यी स्वदेशी प्रतिमानहरूलाई पूर्णतया नष्ट गर्ने अथवा बिकृतरूपमा पस्कनमा आफ्नो बौद्धिक शक्ति प्रयोग गर्नुहुन्छ भने मिडियाहरूका लागि तपाईं बौद्धिक र प्रगतिशील व्यक्ति हो । उदाहरणका लागि यदि तपाईंले पशुपतिनाथलाई चर्चमा रुपान्तरण गर्ने, बाहुनक्षेत्रीलाई ककेसिया फिर्ता पठाइदिने र घरपालुवा आइमाईको पक्षमा वकालत गर्नुहुन्छ भने तपाईंहरू मिडिया–सेलेब्रेटी हुनुहुन्छ ।

२. त्यसो त नेपाल आफैंमा भाषा, संस्कृति, विश्वासहरूको जीवन्त संग्रहालय हो । यदि तपाईंमा नेपाली जनतालाई नाकका आधारमा, भाषाका आधारमा, भूगोलका आधारमा, जातजातिका आधारमा तथा विश्वासका आधारमा एकआपसमा अविश्वास उत्पन्न गराउने, एउटाले अर्कोलाई देखि नसहने परिवेश उत्पन्न गराउने र आफ्नो मौलिकताको जरोखन्दा गौरव गर्ने सीप र त्यतो बौद्धिकता प्रदर्शन गर्ने क्षमता छ भने तपाईं राजनीतिक र बौद्धिकरूपमा मिडियाले सफल मानेको व्यक्ति हुनुहुन्छ । अमेरिका तथा बेलायती खवरहरूमा तपाईंको हिस्सेदारी हुन्छ ।

३. त्यसो त यो देशको राजनैतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक निर्माणमा कुनै पनि विदेशी धर्म, राजनीति तथा संस्कृतिहरूसंग गोरू बेचेको सम्वन्ध पनि छैन । यदि तपाईंमा आफ्नो धर्मसंस्कृतिमा रहेका मान्छेमान्छे, समाज–समाज र विश्वास–विश्वासलाई ‘जोड्ने’ चिन्तनलाई वेस्वस्ता गरेर सधैं तोड्ने र लडाउने विदेशी प्रतिमानहरूको वकालत गर्नुहुन्छ, सम्बन्धहरूका सवालमा विदेशीहरूलाई प्राथमिकता दिनुहुन्छ भने तपाईं सफल व्यक्ति हो । कमसेकम तपाईंले मिडिया र राजनीतिले पछ्याउने छन् ।

४. यदि तपाईं सधैं जोड्ने होइन तोड्ने, फोर्ने, प्रेम होइन एकअर्कामा घृणा गर्ने, आफ्नोपनको होइन विदेशीपनको वकालत गर्नुहुन्छ, स्वास्नी भएर लोग्नेलाई संसारको सबैभन्दा ठूलो शत्रु देख्नुहुन्छ, यदि स्त्रीलाई योनी र पुरुषलाई लिंगका रूपमा बुझ्नुहुन्छ, हरेक मौलिक परम्पराहरूमा अन्धविश्वास, अबैग्यनिकता र शोषण देख्दै विदेशी मिडियाहरूमा आफ्नो मौलिक संस्कृतिका विरुद्ध विष बमन गर्नुहुन्छ भने तपाईं मिडिया–पर्सन हो ।

मिडिया (सबै होइन) र राजनीतिले ती व्यक्तिहरूलाई प्रगतिशील, विकासवादी, अग्रगामी, अधिकारवादी तथा बौद्धिक मानिन्छन् जसले आफ्नो अस्तित्व विरुद्ध घृणावाद फैलाउन सक्छन् । यस्ता महान् हस्तिहरू राजनीति, शिक्षा, नागरिक समाज, अधिकारवादी तथा मिडियाहरूमा सक्रिय छन् । अचम्मको कुरा त के भने यी सबैले आफुलाई राम्ररी चिनेका छन् भने मजस्ता भुईमान्छेले पनि मज्जाले चिनेका छन् ।
विचारा मेरी मातृभूमि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लमजुङमा पहिरोमा परी चारजनाको मृत्यु

लमजुङ । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको

प्रेसको अगाडि पेन्टी मात्र देखाएर के गर्ने हो बुनुहरु ?

प्रकाश सायमी । अभिनय गर्ने कला र बोल्ने कला दुई फरक कुरा हुन्

कैलाली र लमजुङमा चट्याङ लागेर तीन जनाको मृत्यु

कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३

नेपालको नवीकरणीय ऊर्जा, जलविद्युतमा लगानी गर्न ओपेक फन्डका अध्यक्ष तयार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना