सेलेब्रेटी गाँजा



डा. गोविन्दशरण उपाध्याय ।

स्थान : चियापसल, समय : दिउँसो ३ बजे
बागबजारको चिया पसलको कुरा हो । केही १९ वर्ष मुनिका केटाकेटी, केही २० वर्षमाथिका तर ५० वर्ष नपुगेका र केही ६० वर्ष नाघेका मानिसहरूको त्यहाँ जमघट थियो । चर्चा गाँजाकै थियो । १९ वर्ष मुनिको मान्छे ‘३० वर्षसम्म मेलम्ची ल्याउन नसक्ने, जनतासँग कुस्त पैसा लिएर जावो समयमा एउटा गाडीको लाइसेन्स दिन नसक्ने सरकारको भरोसा गरेर गाँजा खोल्नु उचित होला ? क्यानाडा–अमेरिकाको कुरा गर्ने तर व्यबस्था पनि त्यस्तै चाहियो नि ?’

२० काटेको मान्छे ‘ती देशहरूले गाँजाको गुण थाहा पाएर खोलेका होलान् ! आफ्नो रैथाने जडीबुटी प्रयोग गरेर पैसा कमाउनु पर्छ । यसले देशको उन्नति गर्छ, युवाहरू विदेशिने क्रम घट्छ । ६० काटेको मान्छे ‘शिवको प्रसाद खो तर प्रसाद पनि जथाभावी भयो भने विषालु हुन्छ । आज भोली सबैलाई रमाइलो चाहिएको छ । रक्सी महँगो छ । न खाने जातले पनि खान थालेका छन् । अव भट्टीभट्टीमा गाँजा बिक्ने भो
१९ वर्ष मुनिको मान्छे ‘यी नेताहरूको कुरा युवाले पत्याउँदैनन् । युवाहरूलाई गंजेडी बनाउने योजना हो । नेपालमा रहेर गंजेडी बन्न भन्दा विदेश गएको राम्रो । हेर्दै गर्नुहोला, हरेक +२ र कलेजहरू गाँजाका केन्द्र बन्ने छन् । कसले रोक्ने ? सबैलाई पैसा चाहिएको छ । नियम बनाउनेले नै गाँजाको व्यापार गर्ने छन् । गाँजा राम्रो होला तर सरकारले व्यवस्थित गर्न सक्दैन । गफ हाक्दैमा व्यवस्थित हुँदैन ।

२० वर्षमाथिको मान्छे ‘गाँजाका गोटी बनाएर विदेशमा बेच्ने हो । क्यान्सरको दुखाई, मानसिक तनावआदि कम गर्न मद्दत गर्छ । गाँजा खोल्ने विषयमा संसदले उठान गरेको कुरा राम्रो हो । गाँजा–व्यबस्थापनमा बलियो कानुन बन्छ । ६० वर्ष माथिको मान्छे ‘५०–६० वर्षदेखि यी नेताहरुको गफ सुनिरहेका छु । गाँजा खोलेर नेताहरूले आफन्तलाई पोस्ने हुन् । यिनलाई देशको चिन्ता छैन । व्यवस्थापनको अर्थ हो – आफन्तको व्यबस्थापन । रह्यो विदेशमा गाँजा बेच्ने कुरा ‘तिनका देशमा पनि त गाँजाको खेतीपाती होला नि ? अब गाँजा सेलेब्रेटी हुन्छ । गाँजा र मान्छेका विचमा रोमान्स हुन्छ । व्यबस्थापन गर्न जाने अमृत हो । नसके विष हो । यो बुटीलाई बूटीमात्र रहन दिए हुन्छ, सेलेब्रेटी बनाम्न पर्दैन !
………………………..
गाँजाको पक्ष र विपक्षमा मेरा अनेकौं विचार नआएका होइनन् तर त्यो चिया–गफको म साक्षीमात्र बने । मुख चिलाए पनि एकशब्द बोलिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन