मोदीलाई एकजना नेपाली भूइँमान्छेको पत्र
नमस्ते मोदीजी,
तेस्रो पटक भारतजस्तो विविधतापूर्ण देशको प्रधानमन्त्री बन्नुभएको मा हार्दिक बधाई छ । मलाई थाहा छ, तपाईं मात्र होइन विश्वभरिका राष्ट्र प्रमुख, प्रधानमन्त्री वा अन्य कार्यकारीहरू मजस्ता ‘भुइँमान्छे’को नाम र भोटमा निर्वाचित हुन्छन् तर भुइँमान्छेहरूको शुभकामना होस् वा सुखदुखको कुरा होस् तपाईंहरूसँग पुग्ने कुनै सम्भावना नै हुँदैन । यो पत्र पनि मेरो फेसबुकको वालसम्म सीमित रहने निश्चित छ । राष्ट्रप्रमुख र कार्यकारीहरू साच्चिकै जनताका प्रतिनिधि हुन्छन् र मजस्ता भुइँमान्छेको कुरा सुन्ने छन् भन्नु एउटा मिठो विश्वास बाहेक केही होइन ।
तपाईं पहिलोपटक भारतीय गणतन्त्रको प्रधानमन्त्री हुँदा नेपालीले धेरै आशा गरेका थिए, दोस्रोमा पनि गरे र त्यही तत्थ्य तेस्रोकार्यकालमा पनि दोहोरिने छ । तपाईंको पारिवारिक पृष्ठभूमि सामान्य छ । तपाईंको जीवन त्यागमय छ । तपाईंको जीवनशैली र चिन्तनमा भारतवर्षको मौलिक धर्म, संस्कृति, विज्ञान तथा आदर्शप्रति गहिरो विश्वास छ । भारतवर्षको मौलिकताप्रतिको तपाईंको रुझानले नेपालीहरू धेरै प्रभावित भएका थिए तर नेपालप्रतिको नाकाबन्दीकाण्डले त्यो विश्वास खण्डित भयो ।
नेपालीले तपाईंबाट धेरै आश गरेर हो कि तपाईंलाई नबुझेर हो, तपाईंका दूवै कार्यकाल नेपालराष्ट्रका लागि सूखद रहेनन् । तपाईंको बोलीझैं तपाईंको व्यबहार पनि नेपालप्रति व्याबहारिक भैदिएको भए, नेपालीहरू खुसी हुन्थे । नेपाल र भारत दूवै सर्वभौम राष्ट्र हुन् भन्ने कुरा भारतीय राजनीतिज्ञहरूलाई पचाउन धेरै गाह्रो भइरहेको छ । पूर्व भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजरालले मात्र नेपालसंग समानतहको समबन्ध स्थापित गर्न चाहनु भएको स्मरण गर्छु तर तपाईंहरूको ‘भारतवर्ष’ले नेपालको स्वाधीनतालाई स्वीकार गरेको पाइन्न । जनताका स्तरमा दूई देशको जस्तो प्रेमपूर्ण, सहृदयी तथा सम्मानजनक सम्वन्ध छ, त्यतिनै सन्देहपूर्ण, स्वार्थी र आडम्बरपूर्ण सम्वन्ध भारतीय र नेपाली राजनीतिका विचमा छ ।
मोदी जी, तपाईंले धर्म र राजनीति अलग रहनुपर्छ भन्नेहरूलाई गहिरो थप्पड लगाउनु भएको छ । धर्म र राजनीति अलग हुनुपर्छ भन्नेहरूको चाहनाचाहिं वैदिक सनातन धर्ममान्ने (हिन्दु)हरूलाई राजनैतिक शक्तिको प्रयोग गर्नबाट रोक्नु हो । यी उपदेशदाताहरूले यहुदी, इसाई, मुस्लिम वा अन्य धार्मिक समुदायहरूलाई “राजनीति र धर्मलाई अलग राख“ भन्ने उपदेश दिएको सुन्न, पढ्न र देख्न पाइन्न । सबैभन्दा अचम्मको कुरा त के भने धर्म र धार्मिकताका नाममा सबैभन्दा बढी राजनैतिक शक्ति ओगट्ने मुस्लिम र इसाई समुदायका अगुवाहरूले पनि ‘धर्म र राजनीति फरक हुन्’ भन्दै राजनीति नै गरिरहेका हुन्छन् र समाजवादी, साम्यवादी तथा लोकतन्त्रवादीहरू उपरोक्त उपदेशका मतियार बन्छन् । भारतमा के कस्तो छ ? नेपालमा भने यस्तो बकम्फुसे उपदेश दिनेहरूको ठूलो लर्को छ ।
भारतीय राजनैतिक शक्तिको कार्यकारी प्रमुखका रूपमा तपाईंले हिन्दू जीवनशैली र विश्वासलाई ‘धर्मनिरपेक्षताको कालकोठा’मा बन्दी नबनाएर उदात्तरूपमा प्रकट गरेको हुँदा हिन्दू–जगतलाई हौसला मिलेको छ । अर्कोतिर, सबै धर्म र समुदायहरुले राजनैतिक शक्तिमा रहेर ‘लाभ’ प्राप्त गरिरहेको देख्दा पनि देखेको नदेखै गर्ने हिन्दु समुदायले ‘हिन्दूहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक अस्तित्व जोगाउन शक्ति प्राप्त गर्नु पर्ने रहेछ र त्यो शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तरता दिने शक्ति राजनैतिक सत्ता रहेछ’ भन्ने विश्वास आर्जन गर्न सफल भएका छन् ।
नेपाल र भारतमा धर्मको आवरणमा धर्मनिरपेक्षताको राजनीति गर्ने अब्राहमवादी र यी अब्राहमवादीहरूको मतियारका रूपमा पहिचानको राजनीति गर्ने तथाकथित अन्य मुलधारका राजनैतिक शक्तिहरू हिन्दू विरुद्ध खनिनु स्वाभाविक हो । भारतीय राजनीतिमा हिन्दुहरू निर्णायक शक्तिको रुपमा उदय हुँदै गर्दा उप्रान्त उनीहरूले नयाँ राजनैतिक प्रतिद्वन्दी पाएका छन् । मलाई लाग्छ, ‘धर्मको राजनीति गर्नु हुँदैन’ भन्ने उपदेशहरूले उप्रान्त त्यतिधेरै काम गर्नेवाला छैन । हिन्दुहरू पनि आफ्नो अस्तित्व जोगाउन राजनैतिक शक्तिका रूपमा आफुलाई स्थापित गर्ने दिशातिर अगाडी बढिरहेका छन् । तपाईंले विश्वभरिका हिन्दुहरूलाई “राजनीति गरेर, सत्ता प्राप्त गर्दै आफ्नो अस्तित्व रक्षा गर्नु पर्नेश्र चेतना बलियो बनाइदिनु भएको छ ।
भारत ब्रिटिशहरूको उपनिवेशकालीन शिक्षा, संस्कृति, परम्पराबाट ज्यादै प्रभावित मुलुक हो । आजको मितिमा अंग्रेजी भाषाको सबैभन्दा खपत गर्ने देश पनि भारत नै हो । यस्तो अवस्थामा, भारतीय हिन्दुहरूलाई ध्रुवीकृत गरेर १० वर्षसम्म निरन्तर शासन गर्न सक्नु आफैमा चानचुने सफलता होइन । यस पटक तपाईंले थोरै सीटहरू जिते पनि भोटको प्रतिशत भने धेरै बढेको छ । यसको सीधा अर्थ हो – भारतीय हिन्दू समुदायमा आफ्नो अस्तित्व रक्षा र विस्तारका लागि राजनैतिक शक्ति चाहिन्छ भन्ने चिन्तन र व्यबहार संस्थागत भएको छ । नेपाली हिन्दू समुदायले भारतबाट प्रेरणाहरू लिने, नयाँ कुरा सिक्ने गरेको लामो इतिहास छ । तर हिन्दुत्वको राजनीति गरिरहंदा तपाईंले छिमेकी नेपाल (जहाँ ८१% हिन्दुहरू वसोवास गर्छन्) संग उपनिवेशकालीन व्यबहार गर्नु उचित हुँदैन । न नेपाल भारतको अंग हो न भारतनै नेपालको उपनिवेश नै हो । ब्रिटिशकालीन दृष्टिले नेपालसंग गर्ने कुटनैतिक व्यबहारमा परिवर्तन हुनुपर्छ । यदि तपाईंले नेपाललाई हेर्ने ब्रिटिशकालीन कूटनीतिक नैतिक दृष्टिकोण परिवर्तन गर्नु भयो भने नेपालमा पनि हिन्दू राजनैतिक शक्तिका पुरोधाका रूपमा तपाईंप्रतिको दृष्टिकोण सकारात्मक हुने छ ।
प्रिय मोदी जी,
तपाईंले धर्म र राजनीति अलग रहनुपर्छ भन्नेहरूलाई गहिरो थप्पड लगाउनु भएको छ । धर्म र राजनीति अलग हुनुपर्छ भन्नेहरूको चाहनाचाहिं वैदिक सनातन धर्ममान्ने (हिन्दु)हरूलाई राजनैतिक शक्तिको प्रयोग गर्नबाट रोक्नु हो । यी उपदेशदाताहरूले यहुदी, इसाई, मुस्लिम वा अन्य धार्मिक समुदायहरूलाई “राजनीति र धर्मलाई अलग राख“ भन्ने उपदेश दिएको सुन्न, पढ्न र देख्न पाइन्न । सबैभन्दा अचम्मको कुरा त के भने धर्म र धार्मिकताका नाममा सबैभन्दा बढी राजनैतिक शक्ति ओगट्ने मुस्लिम र इसाई समुदायका अगुवाहरूले पनि ‘धर्म र राजनीति फरक हुन्’ भन्दै राजनीति नै गरिरहेका हुन्छन् र समाजवादी, साम्यवादी तथा लोकतन्त्रवादीहरू उपरोक्त उपदेशका मतियार बन्छन् । भारतमा के कस्तो छ ? नेपालमा भने यस्तो बकम्फुसे उपदेश दिनेहरूको ठूलो लर्को छ ।
भारतीय राजनैतिक शक्तिको कार्यकारी प्रमुखका रूपमा तपाईंले हिन्दू जीवनशैली र विश्वासलाई “धर्मनिरपेक्षताको कालकोठा“मा बन्दी नबनाएर उदात्तरूपमा प्रकट गरेको हुँदा हिन्दू–जगतलाई हौसला मिलेको छ । अर्कोतिर, सबै धर्म र समुदायहरुले राजनैतिक शक्तिमा रहेर “लाभ“ प्राप्त गरिरहेको देख्दा पनि देखेको नदेखै गर्ने हिन्दू समुदायले “हिन्दूहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक अस्तित्व जोगाउन शक्ति प्राप्त गर्नु पर्ने रहेछ र त्यो शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तरता दिने शक्ति राजनैतिक सत्ता रहेछ“ भन्ने विश्वास आर्जन गर्न सफल भएका छन् ।
नेपाल र भारतमा धर्मको आवरणमा धर्मनिरपेक्षताको राजनीति गर्ने अब्राहमवादी र यी अब्राहमवादीहरूको मतियारका रूपमा पहिचानको राजनीति गर्ने तथाकथित अन्य मुलधारका राजनैतिक शक्तिहरू हिन्दू विरुद्ध खनिनु स्वाभाविक हो । भारतीय राजनीतिमा हिन्दूहरू निर्णायक शक्तिको रुपमा उदय हुँदै गर्दा उप्रान्त उनीहरूले नयाँ राजनैतिक प्रतिद्वन्दी पाएका छन् । मलाई लाग्छ, ‘धर्मको राजनीति गर्नु हुँदैन’ भन्ने उपदेशहरूले उप्रान्त त्यतिधेरै काम गर्नेवाला छैन । हिन्दुहरू पनि आफ्नो अस्तित्व जोगाउन राजनैतिक शक्तिका रूपमा आफुलाई स्थापित गर्ने दिशातिर अगाडी बढिरहेका छन् । तपाईंले विश्वभरिका हिन्दुहरूलाई ‘राजनीति गरेर, सत्ता प्राप्त गर्दै आफ्नो अस्तित्व रक्षा गर्नु पर्नेश्र चेतना बलियो बनाइदिनु भएको छ ।
भारत ब्रिटिशहरूको उपनिवेशकालीन शिक्षा, संस्कृति, परम्पराबाट ज्यादै प्रभावित मुलुक हो । आजको मितिमा अंग्रेजी भाषाको सबैभन्दा खपत गर्ने देश पनि भारत नै हो । यस्तो अवस्थामा, भारतीय हिन्दूहरूलाई ध्रुवीकृत गरेर १० वर्षसम्म निरन्तर शासन गर्न सक्नु आफैमा चानचुने सफलता होइन । यस पटक तपाईंले थोरै सीटहरू जिते पनि भोटको प्रतिशत भने धेरै बढेको छ । यसको सीधा अर्थ हो – भारतीय हिन्दू समुदायमा आफ्नो अस्तित्व रक्षा र विस्तारका लागि राजनैतिक शक्ति चाहिन्छ भन्ने चिन्तन र व्यबहार संस्थागत भएको छ । नेपाली हिन्दू समुदायले भारतबाट प्रेरणाहरू लिने, नयाँ कुरा सिक्ने गरेको लामो इतिहास छ । तर हिन्दुत्वको राजनीति गरिरहंदा तपाईंले छिमेकी नेपाल (जहाँ ८१% हिन्दुहरू वसोवास गर्छन्) संग उपनिवेशकालीन व्यबहार गर्नु उचित हुँदैन । न नेपाल भारतको अंग हो न भारतनै नेपालको उपनिवेश नै हो । ब्रिटिशकालीन दृष्टिले नेपालसंग गर्ने कुटनैतिक व्यबहारमा परिवर्तन हुनुपर्छ । यदि तपाईंले नेपाललाई हेर्ने ब्रिटिशकालीन कूटनीतिक नैतिक दृष्टिकोण परिवर्तन गर्नु भयो भने नेपालमा पनि हिन्दू राजनैतिक शक्तिका पुरोधाका रूपमा तपाईंप्रतिको दृष्टिकोण सकारात्मक हुने छ ।
मोदीजी,
अन्त्यमा, एउटा अप्रिय कुरा पनि गर्न मन लाग्यो । तपाईंको देश पश्चिमाहरूको प्रत्यक्ष उपनिवेशबाट मुक्त भएको ७६ वर्ष वितिसके पनि क्यालेन्डर, भाषा तथा शिक्षाजगतमा उनीहरूकै वर्चश्वलाई अँगालो हालेर ढुक्कसंग अगाडी बढ्दै हुनुहुन्छ । नेपालले पनि तपाईंको त्यो नक्कलको फेरी नक्कल गरिरहेको छ । एउटा भाषाका रूपमा अंग्रेजीप्रति मेरो कुनै विमति छैन । तर एउटा प्राचीनतम संस्कृतिको विनम्रअनुयायीका रूपमा भारत र पछिल्लोसमयमा संचारमाध्यमबाट ऐजरुझैं फैलिंदै गएको अंग्रेजी–भाषाले नेपाल र भारतको जरोकिलो छिन्नभिन्न पार्दैछ । धर्मनिरपेक्षता, जातीय घृणावाद, सङ्कीर्ण अब्राहमवादीहरूको अतिक्रमण र अत्याधिक उपयोगितावादले नेपाल र भारत अतिधेरै संक्रमित भएका छन् । दुर्भाग्यको कुरा के भने नेपालका कुनै पनि राजनैतिक परिवर्तन देश र जनताप्रति जवाफदेही हुनुको साटो भारत वा पश्चिमाहरूप्रति जवाफदेही हुन्छन् भन्ने हाम्रा राजनैतिक नेतृत्वलाई आरोप लाग्छन् । भारत र नेपाल विश्वकै प्राचीनतम जीवन्त वैदिक, जैन, बौद्ध संस्कृतिको आधारशीलामा पहिचान राख्न सफल भएको हुँदा नेपाल र भारतका जनताहरू मिलेर काम गर्ने वातावारण निर्माण गर्न तपाईंले अग्रशीलता ग्रहण गर्नु पर्यो । नेपाल र भारत दूवैको सार्वभौमसत्ता यसैबाट रक्षित र प्रवर्धित हुन्छ । तपाईंको तेस्रो कार्यकाललाई छिमेकीले असल भारतीय प्रधानमन्त्रीका रूपमा सम्झनेगरी काम गर्नुहुनेछ भन्ने आशा राख्दै….
एउटा नेपाली भूइँमान्छे
डा.गोविन्दशरण उपाध्याय ।