झगडा वास्तवमा न्यूरोडको फूटपाथमा होइन, संघीयतामा हो



गणेश कार्की ।
झगडा देख्दा न्यूरोडको फूटपाथ देखिन्छ । जुधेका महानगर र सडक विभाग देखिन्छन् । उतार्नु भने पर्दा पछाडि एमाले, पार्किङका ठेकेदार र कमिसनवालाहरूको लामो लहरो लुकेको देखिनेछ । तर झगडा वास्तवमा न्यूरोडको फूटपाथमा होइन, संघीयतामा हो । जुधेका महानगर र सडक विभाग होइनन्, स्थानीय सरकार र संघीय सरकार हो । पर्दा पछाडि लुकेका एमाले, पार्किङका ठेकेदार र कमिसनवालाहरूमात्र होइनन्, संघीयता भन्ने तर आफुलाई मालिक सम्झेर अधिकार र बजेट आफ्नो हातमा मात्रै राख्न पर्छ भन्ने सोच हो ।

कानून अझै प्रष्ट छैनन् । वर्तमान सन्दर्भमा मौजुदा ३१५ भन्दा बढी ऐन तथा करिब २७० को संख्यामा रहेका नियमावलीहरूलाई समेत संविधान अनुकूल बनाउने पर्ने अवस्था छ भनेर सरकारकै प्रतिवेदनमा लेखेको दशक पुग्न लाग्यो तर अघिल्लो बर्ष राष्ट्रिय सभाले तत्काल बनाउनु पर्ने भनेको कानूनको सूची नै १८१ वटा कानूनको छ ।

तर संसद विरलै संसद जस्तो हुन्छ । जँडिया जस्तो मुख बजाउन र मुख थुन्न, बाँदरले जस्तो (सरकार) बनाउन र भत्काउन, वडाध्यक्ष जस्तो बजेट पार्न र योजना खोज्नमा व्यस्त छ । संसदलाई संसद जस्तो रहन दिन, त्यसलाई कानून र नीतिका कुरामात्र गर्ने ठाउँ बनाउन सांसदहरू मन्त्री बन्नै नपाउने कानून चाहिन्छ भन्नु पर्ने अवस्था बन्दै गएको छ ।

दुर्भाग्य, आफू उभिएको ठाउँलाई आदर्श बनाउन चुक्दा फेरि अर्को नियमको लहरो खोज्नु पर्ने बाध्यता कहिलै नसकिने भो । पूर्णतः व्यक्तिगत लाभहानीमात्र हेरेर भागमा बस्न र हात लम्ब्याउदा पुग्ने जति सबै स्रोत लिएर मुखले अधिकार विकेन्द्रीकरणको आलाप गर्नेहरूलाई रोक्न अरू उपाय छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन