संसदको रोष्ट्रममा उभिएर बोल्दा स्वर्णिम वाग्ले विषयवस्तु बाहिर गएर बोलेपछि…



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेसको गतिविधिले संसदको ओज, गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने गतिविधिप्रति खेद प्रकट गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा विपक्षी नेपाली कांग्रेसले गरेको विरोधप्रति कटाक्ष गर्दै सांसद वाग्लेले वीपी कोइरालाले स्थापित गरेको मानकको अपमान भएको बताए । उनले त्यो मानकलाई आज यो अवस्थामा पुर्याउन भएको यस विरोधमा लज्जास्पद र औचित्यहीन विरोध भनेर टिप्पणी पनि गरे ।

उनले भने, ‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर सबैका प्रेरणा मेरो त राजनीतिक आदर्श वीपी कोइरालाले स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई, यो लज्जास्पद, औचित्यहीन विरोधप्रति मेरो खेद छ । संसदको ओज, गरिमा, उपादेयतालाई असान्दर्भिक बनाउने यो कदमप्रति विरोध हो कि समाधान गर्ने हो । ७४ लाख बचतकर्ताहरुलाई राखेर समाधान उन्मुख हुने होकी व्यक्ति केन्द्रित भएर खराब नजीर बनाउनेतिर नै जाने हो ।’

उनले संसदिय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको भन्दै यो कर्मकान्डी विरोधको कुनै सान्दर्भिकता नभएको बताए ।
उनले भने, ‘संसदीय छानबिन समिति बनाउनको लागि सहमति भइसकेको छ । यो कर्मकाण्डी विरोधको कुनै सान्दर्भिकता छैन । यसको लागि म खेद प्रकट गर्छु । हामीले उल्लेख गरेको सुधारका कामलाई बजेटमा ठोस रुप दिने गरि अगाडि बढोस र बढ्छ भन्ने विश्वास छ ।’

वाग्लेले संसदमा आफूहरुविरुद्ध आक्रोश पोखेको भन्दै कांग्रेस सांसदहरु थप आक्रोशित बन्दै होहल्ला गरेका थिए । त्यस्तै वाग्लेले विषयवस्तु बाहिर गएर अभिव्यक्ति दिएपछि सभामुख देवराज घिमिरेले उनलाई विषयवस्तुमा केन्द्रित हुन पटक पटक आग्रह गर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन विशेष समितिद्वारा गोरखा मिडियामा ऋण प्रवाह भएको कागजात उपलब्ध गराउन पत्राचार

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले

ऋण उठाउन सक्दैनन् प्रदेश, सङ्घ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै

  हेमन्त जोशी, काठमाडौँ । पछिल्ला केही वर्षयता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि

लेबनानमा हुने फोर नेसन्सका कपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

काठमाडौँ । लेबनानमा हुने फोर  नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको

मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा