बालुवाटार बैठकमा कांग्रेसले भन्यो- गृहमन्त्री जोडिएका सहकारीको छानबिन हुनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षका नेताहरुसँगको बैठकमा कांग्रेसले सिरोहिया पक्राउ र गृहमन्त्रीको अव्यिक्तिकाबारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषय र सिरोहियाको पक्राउको विषयमा ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले भने, ‘केही दिन पहिला संसदमा उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो, जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।’

त्यस्तै बैठकमा सदनको जारी गतिरोध हटाउने विषयमा छलफल सकारात्मक भएको उनले बताए । उनले गृहमन्त्री जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टिओआर टुंग्याउन बसेको बैठक सकारात्मक भएपनि कुरा नटुंगिएको उनले बताए ।

उनले भने, ‘समिति गठन गर्ने कुरा भइरहेको छ। व्यक्ति र सहकारीको नाम राख्ने भन्दा पनि उठेको बिषयलाई सम्बोधन गर्नुपर्छ सहकारीको अर्बौ रकम अपचलन भएको छ। उक्त रकम निजी कम्पनीमा गएको छ। गोरखा मिडियामा आएको छ। गोरखा मिडियाका सञ्चालक नै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ। त्यसमाथि छानि गरौं भनेका हौं। अब भाषा के राख्ने हो त्यो मिलाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रेसको अगाडि पेन्टी मात्र देखाएर के गर्ने हो बुनुहरु ?

प्रकाश सायमी । अभिनय गर्ने कला र बोल्ने कला दुई फरक कुरा हुन्

कैलाली र लमजुङमा चट्याङ लागेर तीन जनाको मृत्यु

कैलाली । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–.३

नेपालको नवीकरणीय ऊर्जा, जलविद्युतमा लगानी गर्न ओपेक फन्डका अध्यक्ष तयार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना

महानगर उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा चीनको ल्हासा नगरले