लोग्नेस्वास्नीको प्रेम !



डा. गोविन्दशरण उपाध्याय ।
निकै खानदानी ठानेर ती दुई विच परम्परागत विवाह भएको थियो । लोग्नेको घरमा कुनै थोकको कमी थिएन । बुहारी नै भए पनि घरायसी कामका लागि कामदार थिए । त्यो घरमा सबै थोक थियो तर लोग्नेसंग आफ्नै स्वास्नीसंग बोल्ने रुचि थिएन । लोग्नेका लागि मृदुला केवल योनी थिइन् जुन भोग्ने वस्तु थियो तर स्वास्नीसंग एकैछिन बसेर सुखदुखका कुरा गर्ने फुर्सद थिएन । घरका मान्छेहरू आफू केन्द्रित थिए । सबै भएर पनि उनी एक्ली थिइन् । सुखदुख सोध्ने उसको माली थियो । मालीको मिठो र मृदुल व्यबहारले मृदुला (काल्पनिक नाम) ऊ प्रति आकर्षित भइन् ।

एक दिन मृदुलाले प्रस्ताव राखिन् तर दयाले (काल्पनिक) आँट गरेन । अन्ततः मृदुलाको विजय भयो । उनी भन्छिन्ः म प्रेमको लागि भागें, सेक्स त मसँग छंदै थियो । आदर गर्न नसक्ने, मिठो बोल्न नसक्ने र मित्रवत व्यबहारको कर्तव्य पनि निभाउन नसक्नेसंग म बस्न सकिन । मैले मसँग मान्छेजस्तो व्यबहार गर्ने मान्छे खोजें । मसंग दयाको विकल्प थिएन । मलाई थाहा छ, मेरो निर्णय उचित होइन तर मेरो एकतर्फी त्यागको त्यहाँ कुनै मूल्य थिएन । मेरो जस्तो निर्णय कसैले गर्न नपरोस् तर मेरो जस्तो लोग्ने पनि कसैको भाग्यमा नपरोस् । हरेक स्वास्नीले लोग्ने र लोग्नेले स्वास्नी भेटोस् । मृदुल र सधैं मित्रताको व्यबहार गर्ने साथी मिलोस् –मृदुलाले आफ्नो व्यथा पोखिन् ।
……..
वैदिक संस्कृतिमा लोग्नेस्वास्नी पार्टनर होइन । पार्टनर व्यापारिक सम्बन्ध हो । लोग्नेस्वास्नीको सम्बन्धमा नाफा र घाटा हुँदैन । लोग्ने स्वास्नीको आधा शरीरसरह हुन्छ भने स्वास्नीको लोग्ने आफ्नै आधा शरीरसरह हुन्छ । जसरी शरीरलाई स्पर्श गर्दा सबै शरीरले थाहा पाउँछ, तेसरीनै लोग्ने र स्वास्नीको भावना (Emotions) एकआपसमा अभिन्न रूपले जोडिएका हुन्छन् । प्राकृतिक रूपमा प्राप्त शरीर बाहेक अन्य कुनै अधिकारमा भिन्नता हुनुहुँदैन ।

यदि लोग्नेले स्वास्नीलाई ‘योनी र काम गर्ने दासीका’ रुपमा लिन्छ वा स्वास्नीले लोग्नेलाई लिंगका रुपमा वा आवश्यतापूर्ति गर्ने साधनका मात्र रुपमा लिन्छ भने यस्तो बुझाई निकै दुर्भाग्यपूर्ण हुन्छ । एकआपसमा लिंग र योनी वा साधनका रूपमा बुझ्ने लोग्नेस्वास्नीको गृहस्थी जीवन सधैं अस्थायी स्वार्थी र उत्तरदायित्व रहित हुन्छ । स्वार्थको बेलामा गज्जवको आकर्षण र प्रेम प्रकट गरिन्छ, स्वार्थ पूर्ति भएपछि शौचालयमा गरिएको दिशासंग भन्दा पनि तुच्छ व्यबहार गरिन्छ ।

लोग्नेले स्वास्नीलाई र स्वास्नीलाई लोग्नेले व्याबहारिक रूपमा नै एकअर्काको पुरकका रूपमा ग्रहण गर्ने हो, सम्मान गर्ने हो र सबैभन्दा नजिकको मित्रसम्झेर आपसी व्यबहार गर्ने हो भने घरनै स्वर्ग हुन्छ । मित्रता र सम्मानपुर्वक जस्तासुकै आपसी समस्या पनि समाधान गर्न सकिन्छ । विचार गर्नुस् त, के तपाईंले हातमा समस्या भयो भने काटेर फाल्नु हुन्छ त ? अहँ, होइन । हामीले सकेसम्म चिकित्सा गर्छौं किनभने हात र ममा केही फरक छैन । पतिपत्नी दुईवटा व्यक्ति भएकोले यदाकदा बैचारिक र व्यवहारिक समस्या, ससाना मतभेद, यदाकदा मन भेद पनि आउन सक्छ । एउटाले अर्कोलाई पुरकका रूपमा स्वीकार गरेपछि जस्तासुकै समस्याहरू पनि मित्रवत् समाधान गर्न सकिन्छ ।

–लोग्नेस्वास्नीका विचमा प्रेम र मित्रता दुईबटा सबैभन्दा बलीया साधन हुन् जुन सधैं आफैसंग हुन्छन् । प्रेममा स्वार्थ हुँदैन, मित्रतामा छेकवार हुँदैन । लोग्नेस्वास्नीका विचमा छेकवार र स्वार्थ छ भने यस्तो पार्टनरसीप कुनै दिन पनि सकिन सक्छ । लोग्नेस्वास्नीको सम्बन्धलाई जीवन्त राख्न यौनको मुख्य भूमिका हुन्छ तर यदि आपसमा स्वार्थ र छेकवार छैन भने यौन पनि गौण हुन्छ । स्त्रीलाई भोग्ने योनी (Vagina) र पुरुषलाई लिंग (Penis) ठानेर केवल शारीरिक भोगलाई मात्र प्रेम र प्रेमको उपहार ठान्नेहरूका लागि सायद यो आलेखनै उपयोगी नहोला । विवाहित नै भए पनि लिंग र योनिको लागि जिउनेहरूले पतिपत्नीका विचको अभिन्न मित्रता, प्रेम, स्वार्थरहित भावना र सम्मानलाई बुझ्न सक्दैनन् ।
लोग्ने र स्वास्नीको सम्वन्ध केवल लिंग र योनिमा अडिएको हुँदैन । लिंग र योनीको संसारमा बाँच्नेहरूले शारीरिक सम्बन्ध अस्वीकार गर्दा प्रेम नभएको र शारीरिक सम्बन्ध गर्न पाउँदा प्रेम छचल्किएको परिभाषा गर्छन् र यही परिभाषा वरिपरी जिउँछन् । यस्ता व्यक्तिहरूले दाम्पत्य जीवन वास्तविक सुख, आदर्श र पतिपत्नीका विचको विनम्रतापूर्ण त्यागयुक्त प्रेमलाई बुझ्नै सक्दैनन् । त्यसैले मल्टी–पार्टनरसिप, धोकाको जीवन जिउछन् । मानसिक तनाव र अशान्ति त जीवनको अभिन्न अङ्ग हुन्छ । त्यसकै वैदिक संस्कृतिले विधिपुर्वक स्थापित गरेको दाम्पत्यको महत्वलाई बुझेर सुखी हौँ ।

लोग्नेस्वास्नी एकआपसमा पूरक हुन्, सहयोगी हुन्, असल मित्र हुन्, सुख र दुः खमा सबैभन्दा बढी सहयोग गर्ने सहयोगी हुन् । त्यसैले एकआपसमा विश्वास, समर्पण, सम्मान र सहयोग गर्ने लोग्नेस्वास्नीहरूको जीवनमा मानसिक तथा अन्य तनावहरू अत्यन्त न्यून हुन्छन् । यदि लोग्नेस्वास्नीमा एकआपसी सद्भाव र प्रेम छ भने तिनले जस्तोसुकै कठिन अवस्थालाइ सजिलै जित्छन् । यदि आपसमा विश्वास, सम्मान र मित्रता छैन भने सुनको महलमा बसे पनि, अमृत नै खाए पनि विश्वको सबै दुःख त्यहीं हुन्छ । कस्तो लोग्नेस्वास्नी बन्ने हो निर्णय आफ्नै हातमा छ । आफ्नो लागि र परिवारको लागि सुखदुःखका निर्णयकर्ता लोग्नेस्वास्नी आफैं हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब

पेट्रोलमा तीन तथा डजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि

गण्डकी प्रदेश सरकारद्वारा ३२ अर्ब ९७ करोडको बजेट प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम