सहकारीपीडितको न्यायका लागि कांग्रेसले सडक आन्दोलन सुरु गर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने माग लिएर सडकमा निस्कने भएको छ ।

बुधबार बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक आन्दोलन गर्ने निर्णय गरेको हो । प्रथम चरणमा कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

त्यसपछि सहकारी प्रकरणमा प्रभावित शहरहरू पोखरा, चितवन, रुपन्देही र अन्य शहरमा आन्दोलन गर्ने भएको हो । कांग्रे केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनुको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकाले आफूहरु सडक आन्दोलनमा जानु परेको बताइन् ।

उनले संसदीय छानबिन समिति गठन र सहकारी पीडितले न्याय नपाएसम्म आन्दोलन राख्ने बताइन् । यसअघि कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलले प्रदर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती,

गुण नियन्त्रण विभागले भन्यो-कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्नु

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद

जब विद्यार्थीसँग सभामुख घिमिरेले गरे संसदीय मर्यादाको कुरा…

भक्तपुर । ‘सम्माननीय सभामुखज्यू, संसद्मा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा

संसदमा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँः सभापति देउवा

लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने