राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको तमासा हेरेर बसिरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री राष्ट्रिय राजनीतिमा एकदमै व्यस्त रहेको भन्दै आफूहरु त्यो तमासा हेरिरहेको बताएका हुन् ।

उनलेल भने, ‘राष्ट्रिय राजनीतिको सन्दर्भमा हाम्रो प्रधानमन्त्री अत्यन्त बिजी हुनुहुन्छ । उहाँ भन्दा बढी बिजी कोही पनि छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मात्रै पर्यौं । यी सबै घटनालाई हामीले नियालिरहेका छौं अवलोकन गरिरहेका छौं ।’

उनले आफूहरुले नेपालको राजनीति स्थायी रुपमा अघि बढोस् भन्ने चाहेको बताए ।